Close This

जिल्लाका सबै स्थानिय निकायमा मंगलबारबाट फाइजर खोप लगाउन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-७ गते   ८८९ पटक हेरिएको

सर्लाहीका सबै  स्थानिय निकायहरुमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । मंगलबारबाट जिल्लाका सबै स्थानिय निकायहरुका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई मंगलबारबाट खोप लगाउन सुरु गरिएको  जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । 
 जिल्लाको २० वटै स्थानिय निकायहरुमा सोमबार र मंगलबार बिहान गरी खोप पुयाए पछि खोप लगाउनु सुरु गरिएकोे स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाले जानकारी दिनु भयो । उहाँका अनुसार मंगलबारबाट जिल्लाका २० वटै स्थानिय निकायहरुमा एकैसाथ खोप कार्यक्रम सञ्चालन भएको छ । स्थानिय निकायहरुले बालबालिकालाई खोप लगाउन तालिका नै बनाएर सुरु गरेका छन् ।
सरकारले ५ गतेदेखि कै खोप कार्यक्रम तय गरेपनि जिल्लामा खोप आउन ढिलो भएकोले ७ गते मंगलबारबाट खोप लगाउन सुर भएको हो । जिल्लामा मंगलबारबाट ११÷१२ गतेसम्म नै ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाइने लागिएको डा. झाले जानकारी दिनु भयो ।
जिल्लामा १ लाख ४० हजार डोज खोप आइपुगेको छ । खोप कार्यक्रम संचालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखिकरण तालिम समेत दिइएको थियो । ५ देखि १२ वर्ष उमेर समुहका करिब २ सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइदिने छ भने सो संख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech