सर्लाहीको पर्सा गाउँपालिका ६ स्थित बाेर्डर यरियाबाट सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पोस्ट(बिओपी) संग्रामपुरको टाेलीले दुई थान पाेस्ताेल सहित दुई जनालाई पक्राउ गरेकाे छ ।
पर्सा गाउँपालिका ६ स्थित बाेर्डर यरियाबाट सशस्त्र प्रहरीकाे टाेलिले कटुवा पेस्ताेल एक थान र अटाेमेटिक पेस्ताेल एक थान सहित २० राउण्ड गाेलि र दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार पेस्ताेल सहित नेपाल प्रवेश गर्दै गरेका हरिपुर्वा नगरपालिका ६ का प्रकाश यादव र जीवन राय यादवलाई बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको हाे ।
पर्सा गाउँपालिका ६ हुँदै भारतबाट नेपाल आउँदै गरेको अवस्थामा शंका लागि चेक गर्ने क्रममा उनिहरुको साथबाट पेस्तोल र गोली भेटिएपछि पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका उनीहरुकाे साथबाट नगद रु ११ हजार छ सय ८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरू दुबैलाई आवश्यक अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाईएकाे सशस्त्र प्रहरीले जनाएको छ ।नेपाल भारत खुल्ला सिमानाका कारण पछिल्लो समय नेपालमा गैर कानुनी धन्दा बढेपछि सिमा क्षेत्रमा सुरक्षकर्मीहरुले कडाइ गरेका छन् ।