सर्लाही ३ को सबै प्रकारका समस्या समाधान गर्न मेरो उम्मेदवारी हो : नेता साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२३ गते   २३२ पटक हेरिएको

र्लाही क्षेत्र नम्बर ३ को हरेक समस्या आफु स्वयमले नै भोग्दै आएकाले ती समस्या समाधानको लागि नै आफ्नो उम्मेदवारी रहेको सर्लाही क्षेत्र नम्बर ३ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नरेन्द्र साहले बताए ।
चुनावी प्रचार प्रसारमा जनताको घरघरमा पुगेका नेता साहले यसभन्दा अघि आफु समानुपातिक तर्फबाट सांसद भएर यसै क्षेत्रका जनताको धेरै नै समस्याको समाधान गरिसकेकाले अब अपुरा काम पुरा गर्नको लागि प्रतिनिधि सभा सदस्य तर्फ आफुले प्रत्यक्षमा आफ्नो उम्मेदवारी दिएको नेता साहले बताए ।
उनले भने‘ सर्लाही क्षेत्र नम्बर ३ का सबै प्रकारका समस्या समाधान गर्न मंसिर ४ गतेको निर्वाचनमा आफुले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएको र गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न पनि नेता साहले अनुरोध गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech