सर्लाहीको हरिवन नगरपालिका २ स्थित रहेको राम अवतार जनता मा.वि.को भवन निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानीयले आपत्ती जनाएका छन्।संघीय सरकारको रु एक करोड अनुदान मध्य ५२ लाख ४६ हजार दुई सय २२ रुपैँया ५० पैसामा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले ठेक्का लगाई सवनम कन्ट्रक्सनले निर्माणको काम सुरु गरेको भवन गुणस्तरहिन भएको भन्दै स्थानीयले आपत्ती जनाएका हुन् ।

आर्थिक वर्ष २०८१/०८२ मै निर्माण सम्पन्न गर्न भन्दै २०८१ मंसिरमा सवनम कन्ट्रक्सनले सम्झौता गरी काम सुरु गरेको भएपनि ठेकेदारको चरम लार्पबाहीका कारण निर्धारित समयमै निर्माण सम्पन्न नहुनुका साथै निर्माण कार्य गुणस्तरहिन भएपछि अहिले विद्यालयको उक्त भवन चर्चाको विषय बनेको छ।४८ प्रतिशत कममा सवनम कन्ट्रक्सनले पाएको भवन निर्माणको ठेक्काको ढलानमा भाईब्रेट नलगाएको,छत ढलानको रडमा कभर नलगाएको साथै मसला बनाउँदा गुणस्तरहिन बनाएर छत ढलान गरेको स्थानीयको आरोप छ ।
यता,नयाँ पनिङ तथा ढलानमा रडले खनेका कारण समस्या सृजना भएको तर आफुले गुणस्तरहिन काम नगरेको सवनम कन्ट्रक्सनका सञ्चालन एसान शेखले बताए। उनका अनुसार आफुले प्राविधिक स्टमेट अनुसार निर्माण सामाग्रीको प्रयोग गरेको र स्थानीयको अवरोधका कारण काममा केही समस्या भएको समेत बताए।सो भवनको विषयमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) सहित उप प्रमुख हरिमाया घलान र विभिन्न वडाका वडा अध्यक्षहरुले स्थलगत अवलोकन गरी समस्या देखिएको स्थान फुटाएर फेरी काम गर्न सुझाब दिएका राम अवतार जनता मा.वि.का प्रधानाध्यापक नारायण प्रसाद बरालले बताए ।
यता,सवनम कन्ट्रक्सनका सञ्चालक शेख हरिवन नगरपालिकाका इन्जिनियर जक्की अहमद् शिद्धिकीका आफन्त भएकाले उनको आडमा गुणस्तरहिन काम गरेका स्थानीयको आरोप छ । भवन निर्माणको काम नसकिँदैसंघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुर जनकपुरले भुक्तानी समेत गरी सकेको जानकारी प्राप्त भएको छ ।