Close This

सिन्धुली क्षेत्र नं. २ बाट नेता दाहाल आउनु पर्ने जनताको माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१७ गते   २५३९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य एवम सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)लाई सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट संघीय सांसदमा उम्मेद्वारी दिन स्थानियले आग्रह गरेका छन् ।
प्रदेश सभा सदस्य हुँदा आफ्नो निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका लागि खेलेको भुमिका र नेपाली कम्युनिष्ट आन्दोलनमा देखाएको सक्रियतालाई देखेर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेद्वार बन्न जनताबाट दवाव आएको नेकपा(माओवादी केन्द्र) सिन्धुलीले जनाएको छ ।
स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्दा पार्टी भित्र आकाँक्षिहरु धेरै हुँदा पनि व्यवस्थापन गरेर पार्टीलाई जिल्लामा पहिलो पार्टी बनाउन महत्वपूर्ण भुमिका खेलको कारण पनि अबको निर्विकल्प उम्मेद्वार लेखनाथ दाहाल(राजन)नै रहेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले बताएका छन् ।
पार्टीका स्थानिय निकायबाट सिफारिसको लागि छलफल चलिरहँदा पनि संघीय निर्वाचन क्षेत्र नं. २ को उम्मेद्वारमा  दाहाललाई नै बढी रुचाएको माओवादी केन्द्रका नेता हेम कार्की(प्रकाश)ले बताउनुभयो । उम्मेद्वार छनौट तथा सुझावको लागि शनिवार सबै पालिकाको बैठक बस्ने उहाँको भनाई छ ।
दाहालले संघीय निर्वाचन क्षेत्र नं. २ बाट संघीय संसदको आकाँक्षा गरेपनि पार्टीको विधि र पद्धतिबाट अगाडी बढ्ने बताउनुभयो ।“व्यक्तिगत चाहाना होईन । यो मुलत पार्टीको व्यक्तिगत ईच्छा पुरा गर्ने साधन होइन । पद भनेको व्यक्तिगत प्रतिष्ठा होईन । पद भनेको मान सम्मान पनि होइन पद भनेको एउटा काम गर्ने जिम्मेवारी पूर्ण भूमिका हो । मुलभुत रुपमा राष्ट्रिय राजनितिमा हाम्रो सिन्धुलीको तर्फबाट सहयोग गर्ने र समग्रमा सरकार र जनताको असली पुलको भूमिका निर्वाह गर्ने,जनताको समस्या सरकार सम्म र सरकारको योजना जनतासम्म पु¥याउने र विकास समृद्धि र नेतृत्व गर्ने अभियानको नेतृत्व गर्नुपर्छ भनेर जनताले मलाई गत निर्वाचनमा प्रदेश सांसदको भूमिका प्रदान गर्नुभयो । हामीले पाँच वर्ष जनताको सेवा गरौँ । नेता दाहालले बताउनु भयो ।
जनताको ईच्छा आकांक्षा र आवश्यकतासंग जोडिएर समग्र अल्पकालिन,दिर्घकालिन र मध्यकालिन योजना सहित हामीले आफ्ना योजना अगाडी बढाएका छौं । अझै पनि विकास र समृद्धिको निम्ति सामाजिक न्यायको निम्ति यो पद भनेको एउटा माध्यम हो । यसलाई भरपुर प्रयोग गर्ने कुरा छदैछ तर मेरो व्यक्तिगत ईच्छा चाहाना भन्ने हुदैन,पार्टीले जे निर्णय गर्छ,यहाँको आवश्यकता जनताले जे बोध गर्छन् त्यो आवश्यकता बोध गरेपछि पार्टीले दिएको निर्णय कार्यन्वयन गर्ने प्रक्रियामा म प्रतिबद्ध छु तर आफ्नो निजि चाहाना छैन ।” उहाँको भनाई छ ।
सिन्धुलीमा दुई वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा  निर्वाचन क्षेत्र रहेका छन् । जसमा गठबन्धन हुँदा निर्वाचन क्षेत्र नं. १ काँग्रेसको भागमा पर्ने देखिन्छ भने निर्वाचन क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ । संघीय निर्वाचन क्षेत्र नं. २ मा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद हरिबोल गजुरेल र पोलिटव्युरो सदस्य तथा प्रदेश सभा सदस्य लेखनाथ दाहाल(राजन)को चर्चा रहेको छ । उपमहासचिव गजुरेल पार्टीको निर्णयक भुमिका देखिन्छ भने पोलिटब्युरो सदस्य दाहाल कार्यकर्ताको दरो साथमा छन् । तथापी पनि यस क्षेत्रमा कस्ले टिकट पाउने भन्ने विषयमा निक्कै चासोका साथ हेरिएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech