पर्साको विभिन्न स्थानबाट ठूलो मात्रामा भन्सार छलीको सामान नियन्त्रणमा लिइएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे.क्वा.गण पर्सा र वीरगन्ज भन्सारको संयुक्त टोलीले पर्साका विभिन्न स्थानमा छापामारी भन्सार छली गरेर भण्डारण गरि राखेको ठूलो मात्रामा विभिन्न किसिमका सामानहरु बरामद् गरेको छ ।वीरगन्ज १० आदर्शनगरस्थित राजेन्द्र बरैको घरमा भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरी राखेको लत्ताकपडा,काजु र खजुर लगायतका गरी करिब रु ११ लाख ९६ हजार सात सय बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे.क्वा.गण पर्साका गणपति एवम सशसस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले जानकारी दिए ।
उनका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे।क्वा।गण पर्सा र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले रु ११ लाख ९६ हजार सात सय बराबरको भन्सार छलीको विभिन्न सामान नियन्त्रणमा लिएको हो।पछिल्लो समय सिमा क्षेत्रमा रहेकाबिओपी तथा गुल्महरुले कमिसन लिएर भन्सार छलीको सामान प्रवेश गर्न सहजता प्रदान गर्ने र सिमा भन्दा माथि रहेका बेश तथा गुल्म रप्रहरी चौकीहरुले सामान नियन्त्रणमा लिने गरेका पाइएको छ।सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मी तथा कार्यालयहरुले कमिसन असुलेर छाडेका सामानहरु माथि रहेका सुरक्षाकर्मीहरुका साथै कार्यालयहरुले नियन्त्रणमा लिएपछि मधेश प्रदेशमा सुरक्षाकर्मीहरुको मिलेमतोमा भन्सार छली भएको प्रष्ट भएको जानकारहरु बताउँछन्।
सर्लाहीको कुनै नाकाका प्रमुखलाई सोही विषयमा माथिल्लो निकायले मौखिक स्पष्टिकरण सोधेको पाइएको छ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले सिमा क्षेत्रमा रहेका प्रहरी कार्यालयहरु र त्यहाँका प्रमुखहरु कमिसनबुझेरमौन बसेका पाइएपछि केही नाकाका प्रहरी चौकीका प्रमुखलाई पहिलो पटक मौखिक स्पष्टिकरण सोधेका पाइएको हो ।