जिल्ला अदालत सर्लाहीबाट करिब ५८ प्रतिशत मुद्दा फछ्र्योट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-९ गते   २२०६ पटक हेरिएको

जिल्ला अदालत सर्लाहीले आर्थिक वर्ष २०७८/०७९ मा ५७ दशमलव ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८÷०७९ मा कायम भएका ५ हजार ५ सय ७१ वटा मुद्दामध्ये ३ हजार २ सय ११ वटा मुद्दा फछ्र्योट गरिएको जिल्ला अदालत सर्लाहीका न्यायधिस ध्रुव कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला अदालत सर्लाहीमा आव २०७७/०७८ देखि जिम्मेवारी सरेर आएका २ हजार ४ सय ५३ वटा मुद्दा र आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार १ सय १८ वटा नयाँ मुद्धा गरी कुल ५ हजार ५ सय ७१  मुद्दा मध्य  ३ हजार २ सय ११ वटा मुद्दा फछ्र्योट गरिएको छ ।               
आर्थिक वर्ष २०७८/०७९ मा ८५ दशमलव ०१ प्रतिशत मुद्धाहरु फछ्र्याेट गर्ने लक्ष्य राखेको जिल्ला अदालतले ५७ दशमलव ६४ प्रतिशत मात्र मुद्धा फछ्र्याेट गरेको छ ।
६ जना न्यायधिश  रहेको जिल्ला अदालत सर्लाहीमा न्यायधिश ध्रुव कुमार पियाले ४ सय २,न्यायधिश दुर्गा प्रसाद ढुंङ्गेलले ५ सय ५,न्यायधिश विदुर कोईरालाले ६ सय २९,न्यायधिश रमेशकान्त अधिकारीले ५ सय ३४,न्यायधिश हरि प्रसाद कोईरालाले ६ सय ३२ र न्यायधिश टेकनाथ गौतमले ५ सय ९ गरी ३ हजार २ सय ११ वटा मुद्धा फछ्र्याेटगर्नु भएको श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनु भयो । उहाँका अनुसार जिम्मेवारी सरेर आएका २ हजार ४ सय ५३,नयाँ दर्ता २ हजार ६ सय ४८,वार्षक अनुमान लगत ५ हजार १ सय १,वार्षिक फछ्र्याेट लक्ष्य ३ हजार ७ सय ७७ रहेको थियो ।
त्यस्तै,    आव २०७८/०७९ मा सरल किसिमका २ हजार ९ सय ५५ लगत,१ हजार ५ सय ३७ फछ्र्याेट र १ हजार १ सय १० बाँकी रहेका छन् ।समान्य किसिमका १ हजार ५ सय १५ लगत,८ सय २१ फछ्र्याेट र ७ सय ५० बाँकी,विशेष किसिमका ६९ लगत,जिम्मेवारी सरेका सहित २०९ फछ्र्याेट र २ सय ५ बाँकी रहेका छन् ।
मार्ग समूहमा नपर्ने/डिसीएम लागू हुनु पूर्वका १ हजार ३२ लगत,६ सय ४४ फछ्र्याेट र २ सय ९५ बाँकी रहेका जिल्ला अदालत सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार २०७९ असार मसान्त सम्ममा ५ हजार ५ सय ७१ लगत,३ हजार २ सय ११ फछ्र्याेट र २ हजार ३ सय ६० वटा मुद्धा बाँकी रहेका छन् । भनेसरल मार्गको अवधि नाघेपछि सामान्य तथा विशेष मार्गमा मुद्धा परिवर्तन गर्ने कानुनी व्यावस्था समेत रहेको न्यायधिश रमेशकान्त अधिकारीले बताउनु भयो ।
जिल्ला अदालत सर्लाहीमा दुनियाँवादी देवानी,दुनियाँवादी  फौजदारी,रिट,बन्दी प्रत्यक्षीकरण,पुनरावेदन देवानी र पुनरावेदन फौजदारी गरी ७ किसिमका मुद्धाहरु पर्ने गरेका तथ्यांकमा उल्लेख गरिएको छ । जसमा दुनियाँवादी देवानीमा जिम्मेवारी सरेका १ हजार ५ सय ९१ र आ.व २०७८/०७९ को २ हजार २ सय ४९ गरी ३ हजार ८ सय ४० वटा मुद्धा मध्ये २ हजार २ सय ९६ वटा मुद्धा फछ्र्याेट भएका छन्भने १ हजार ५ सय ४४ वटा मुद्धा बाँकी रहेका छन् । दुनियाँवादी  फौजदारीमा जिम्मेवारी सरेका ३ सय ६४ वटा, आ.व २०७८/०७९ को ३ सय ६७ वटा गरी ७ सय ३२ वटा मुद्धा मध्य ३ सय ९१ वटा मुद्धा फट्र्याेट भएका छन् भने ३ सय ४० वटा मुद्धा बाँकी रहेका छन् । सरकारवादी फौजदारी ४ सय ६१ जिम्मेवारी सरेका,४ सय ३८ नयाँ गरी कुल ८ सय ९९ वटा मुद्धा मध्य ४ सय ४४ वटा मुद्धा फछ्र्याेट भएका र ४ सय ५५ वटा मुद्धा बाँकी रहेका न्यायधिश दुर्गा प्रसाद ढुंङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार २४ वटा रिट जिम्मेवारी सरेका,६० वटा नयाँ गरी कुल ८४ वटा मुद्धा मध्य ६९ वटा मुद्धा फछ्र्याेट भएका र १५ वटा मुद्धा बाँकी रहेका छन् । पुनरावेदन देवानी १२ वटा जिम्मेवारी सरेका,४ वटा नयाँ गरी कुल १६ वटा मुद्धा मध्य १० वटा मुद्धा फछ्र्याेट भएका र ६ वटा मुद्धा बाँकी रहेका अदालतको तथयांकमा उल्लेख गरिएको छ । पुनरावेदन फौजदारी १ वटा जिम्मेवारी सरेको र सो मुद्धा फछ्र्याेट भईसकेको छ । गरी आर्थिक वर्ष २०७८/०७९ मा कुल जिम्मेवारी सरेका मुद्धा २ हजार ४ सय ५३,नयाँ ३ हजार १ सय १८ गरी ५ हजार ५ सय ७१ वटा मुद्धा मध्य ३ हजार २ सय ११ वटा मुद्धा फछ्र्याेट भएका र  हजार ३ सय ६० वटा मुद्धा बाँकी रहेका न्यायधिश हरि प्रसाद कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल मुद्धाको ५७ दशमलव ६४ प्रतिशत फछ्र्याेट भएको हो ।
अदालतले आर्थिक वर्ष २०७८/७९ को साउनमा २ सय ३ लक्ष्यमा १ सय ३९, भदौमा ३ सय ३६ लक्ष्यमा १ सय ८४,असोजमा २ सय १७ लक्ष्यमा १ सय ६७, कार्तिकमा २ सय ७० लक्ष्यमा २ सय १२,मंसिरमा ३ सय २१ लक्ष्यमा ३ सय ३१,पुषमा ३ सय १८ लक्ष्यमा ६ सय १४,माघमा ३ सय १८ लक्ष्यमा १ सय ६७,फागुनमा ३ सय १४ लक्ष्यमा २ सय ७९,चैतमा ३ सय १६ लक्ष्यमा ३ सय ३०,बैशाखमा ३ सय ५१ लक्ष्यमा १ सय ६१,जेठमा ३ सय ४० लक्ष्यमा २ सय ३० र असारमा ३ सय ६६ लक्ष्यमा ३ सय २३ वटा मुद्धा फछ्र्याेट गरेको न्यायधिश पियाले बताउनु भयो ।
जिल्ला अदालतमा २ सय ९४ वटा मुद्धा २ वर्ष नाघि सकेका रहेका छन् भने २ वर्ष नपुगेका २ हजार ६६ वटा मुद्धा रहेका छन् । अदालतले आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार ६ सय ८९ लगत र १ हजार ९ सय ११ फछ्र्याेट,आ.व २०७५/०७६ मा ४ हजार ५ सय ९० लगत र २ हजार ३ सय ८७ फछ्र्याेट,आ.व.२०७६/०७७ मा ३ हजार ९ सय १५ लगत र २ हजार ७ सय १ फछ्र्याेट,आ.व.२०७७/०७८ मा ४ हजार ६ सय लगत र २ हजार १ सय ४७ फछ्र्याेट  गरेको थियो ।
त्यस्तै अदालतले कैद जरिवाना वापतको रु ३१ करोड ६२ लाख ७२ हजार ७ सय ६४ रुपैँया ८६ पैसा मध्य रु ६४ लाख १९ हजार ९ सय ५५ रुपैँया ८६ पैसा रकम संकलन गरेको छ । भने रु ३० करोड ९८ लाख ५२ हजार ८ सय १४ रुपैँया ८६ पैसा असुल उपर गर्न बाँकी रहेको छ । भने ५ हजार ९ सय २७ वर्ष २ महिना १० दिन कैद सजाय मध्य ८ सय ७० वर्ष ६ महिना ३ दिन फछ्र्याेट भईसकेको र ५ हजार ५६ वर्ष ८ महिना ७ दिन कैद सजाय फछ्र्याेट हुन बाँकी रहेको अदालतको तथ्यांकमा उल्लेख गरिएको छ । जस मध्य रु २९ करोड ४४ लाख ४५ हजार ५ रुपैँया ३६ पैसा र ५ हजार १ सय ८१ वर्ष ३ महिना १९ दिन कैद सजाय जिम्मेवारी सरेको थियो ।
यता, अदालतले १ लाख ५५ हजार ६ सय वटा मुद्धा अभिलेख,५९ हजार ६ सय ६५ वटा मुद्धा कम्प्युटरमा दर्ता र ९५ हजार ९ सय ३५ वटा मुद्धा कम्प्युटरमा दर्ता गर्न बाँकी रहेका बताएको छ । वैयतिक कानुन व्यावसायीबाट १ हजार १ सय सेवा प्रदान भएका र १ हजार१ सय १५ जनालेसेवा लिएका छन् ।
कोरोना महामारी,कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवा लगायत कारणले अपेक्षित रूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका न्यायाधीश पियाले बताउनु भयो । तथापी पनि विगतका ५ आर्थिक वर्षको तुलनामा  आर्थिक वर्ष २०७८/०७९ मा बढी मुद्दा फैसला गर्न सफल भएको उहाँको भनाई छ ।
अहिले अदालतको थुनुवा कक्षमा १ सय ९९ जना मानिसहरु रहेका छन् जसमा पुरुष १ सय ८२ जना, महिला ६ जना र बालबालिका ११ जना रहेका अदालतले जनाएको छ । त्यस्तै फैसला कार्यान्वयमा १ हजार४ सय ५७ वटा जिम्मेवारी सरेका र १ हजार १ सय १० वटा नयाँ गरी कुल २ हजार५ सय ६७ वटा मुद्धा मध्य ८ सय ५० वटा मुद्धा फछ्र्याेट भएका छन् भने १ हजार ७ सय १७ वटा मुद्धा कार्यान्वयनको चरणमा रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech