325
Shares
पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चाेकमा जेठ ५ गते भएको सवारी दुर्घटनामा मृत्यु भएकी चन्द्रा पन्त( साेना)का आफन्तले पुर्व पश्चिम राजमार्गमा शुक्रबार दिउँसाे करिब १:५० बजेबाट चक्का जाम गरेका छन् ।

चार दिनअघि बस र म्याजिक ठोक्किँदा स्थानीय २२ वर्षीया पन्तको घटनास्थल मै मृत्यु भएको थियो । घटना भएको चार दिन हुँदा समेत पन्तको शव पीडितले नबुझर प्रादेशिम अस्पताल मलंगवा मै राखिएको छ ।मृतकको परिवारलाई यातायात व्यवसायीले दिने राहत रकममा सहमती जुट्न नसक्दा आफुहरु थप आक्राेशित भएर राजमार्गमा चक्काजाम उत्रिएकाे मृतककी आमा दुर्गा पन्तले बताईन ।