मधेशको अल्पमतको सरकारलाई दिर्घकालिन असर पर्ने खालका निर्णयहरु र स–सर्त अनुदान रकमान्तरण नगर्न ४ दलको आग्रह

174 Shares

मधेश प्रदेशका विभिन्न ४ दलले मधेश प्रदेश सरकार अल्पमतमा रहेकाले दिर्घकालिन असर पर्ने खालका निर्णयहरु नर्गन,नगराउन आग्रह गरेका छन्।नेकपा(एमाले),जनमत पार्टी,नेकपा(माओवादी केन्द्र) र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकार हाल अल्पमतमा रहेकाले दिर्घकालिन असर पर्ने खालका निर्णयहरु नर्गन,नगराउन भन्दै मधेश प्रदेश सरकारका मुख्य मन्त्री सरोज कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
नेकपा(एमाले) मधेश प्रदेश संसदिय दलका नेता सरोज कुमार यादव,जनमत पार्टी मधेश प्रदेश संसदिय दलका नेता महेश प्रसाद यादव,नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश संसदिय दलका नेता भरत प्रसाद साह  र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) मधेश प्रदेश संसदिय दलका उप नेता उपेन्द्र महतोले हाल मधेश प्रदेश सरकार अल्पमतमा रहेकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तहलाई दिने स–सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरका साथै दिर्घकालिन असर पर्ने खालका निर्णयहरु नर्गन,नगराउन ध्यानाकर्षण पत्र पेश गरेका माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहका स्वकीय सचिव महेश श्रेष्ठ(कृतिक)ले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सभामा रहेका एक सय सात जना प्रदेश सभाहरुको अनुपातमा एमाले,जनमत पार्टी,माओवादी केन्द्र र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) केही दिन पहिला सरकारबाट बाहिरिएपछि मधेश प्रदेश सरकारका मुख्य मन्त्री यादव वर्तमान अवस्थामा अल्पमतमा परेका छन् ।यसका साथै मधेश प्रदेश सरकारका मुख्य मन्त्री यादवले मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालयहरु आफैँले राखेर मधेशका जनताका साथै मधेशको विकासमा समेत नकारात्मक प्रभाव पारेका एक नेताले बताए ।
यता,जेठ २३ गते आफुले विश्वासको मत लिने मधेश प्रदेश सरकारका मुख्य मन्त्री यादवले दाबी गरेका छन् ।उनले आफुले जेठ २३ गते विश्वासको मत लिने र सरकारको निरन्तरता सुनिश्चित रहेको दाबी गरेका हुन ।मधेश प्रदेश सरकारमा जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र जेठ २३ गते आफूले विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए ।मुख्यमन्त्री यादवले भने पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुन अनुसार नै पैसा पठाइने समेत बताए ।जेठ २३ गते आफूले विश्वासको मत पाउने दाबी गरे पनि मुख्यमन्त्री यादवले कुन–कुन दलले समर्थन गर्छन् भन्ने विषयमा कुनै खुलाएनन् ।
एक सय सात सदस्यीय मधेश प्रदेश सभामा १० दल सहभागी रहेका छन् ।सरकार गठन गर्न प्रदेश सभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ।प्रदेशसभामा एमालेका २५,नेपाली कांग्रेसका २२,जनता समाजवादी पार्टी(जसपा)नेपालका १९,जनमत पार्टीका १३,माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नौ, नेकपा(एकिकृत समाजवादी)का सात तथा राप्रपा,नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद रहेका छन् ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले र दोश्रो ठूलो दल कांग्रेस डेढ वर्षदेखि तेस्रो दल जसपा नेपाल नेतृत्वको सरकारमा सारथी बन्दै आएका छन्।पछिल्लो समय जसपा नेपालको विभाजनले मधेशमा वर्तमान सरकार अल्पमतमा परेको छ भने नयाँ सरकार कसको नेतृत्वमा हुने भन्ने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार