उखु बिक्रि गरेको ५ महिनामा पनि उखुको अनुदान आएन,समयमै अनुदान रकम भुक्तानी गर्न माग गर्दै कृषिमन्त्रीलाई ज्ञापन पत्र

1.1k Shares

उखु बिक्रि गरेको लामो समय हुँदा पनि किसानहरुले अनुदान वापतको रकम भुक्तानी नपाउने गरेको गुनासो सम्बोधन गर्न भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग जिल्लाका किसान अगुवाहरुले माग गरेका छन् ।उखु क्रसिङ सिजन २०८०÷०८१ मा जिल्लाका चिनी उद्योगहरुलाई उखु बिक्री गरेका उखु उत्पादक किसानहरुले पाँच महिना बितिसक्दा समेत अनुदान रकम पाउन नसकेका भन्दै जिल्लाका किसान अगुवाहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका हुन ।

ooo.jpg
 उखु खेती धेरै हुने सर्लाही र रौतहटबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेका किसान अगुवाहरुका साथै नेपाली कांग्रेसका नेताहरुको टोलीले तत्काल अनुदान रकम निकासाको व्यवस्था मिलाइ दिन मन्त्री अधिकारीसंग माग गरेको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।

456514785_1668915803867824_5734328532977233659_n.jpg
उखुको अनुदान वापतको रकम निकासाका लागि यथाशीघ्र कदम चालि दिन मन्त्री अधिकारीसंग आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएको नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहले बताए ।उनले नगदे बालीको उधारो कहानीलाई व्यावस्थापन गर्दै उखु उत्पादक किसानहरुलाई राहत पुग्ने गरी अनुदान बाहेक अन्य कार्यक्रमहरु ल्याइदिन पनि आग्रह गरिएको बताए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले उखु उत्पादक किसानहरुको अनुदान रकम जतिसक्दो चाँडो निकासाका लागि पहल भइरहेको बताए।ज्ञापन पत्र बुझाउन जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह,कांग्रेस सर्लाहीका सभापति सिंह,मधेश प्रदेश सभा सदस्य नागेन्द्र साह लगायत जिल्लाका किसान अगुवाहरु,व्यवसायी,नागरिक अगुवा र उखु उत्पादक किसानहरु मन्त्रालयमा पुगेका थिए ।
किसानले ल्याएर बिक्री गरेको उखु पेलेर चिनी उद्योगहरु माघ÷फागुनमै बन्द भएपनि उखु उत्पादक किसानहरुले पाउने अनुदान रकम उखु बिक्रि गरेको करिब पाँच महिना हुँदा समेत नपाउनु उखु उत्पादक किसानहरुका लागि दुखको कुरा रहेको किसान अगुवाहरुको भनाई छ ।

सम्बन्धित समाचार