Close This

जनतालाई बाँडेको सपना पुरा नहुँदा सम्म सरकारी सेवा सुविधा लिन्न ः बागमती नगर प्रमुख थापा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१४ गते   २५३ पटक हेरिएको

बागमती नगरपालिकाका नगर प्रमुख थापा

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफ्नो नगरका जनतालाई देखाएको सपना पुरा नभएसम्म कुनै सेवा सुविधा नलिने बताउनुभयो । २०७४ सालको स्थानिय निकायको निर्वाचनमा पनि निर्वाचित हुनु  भएका नगरप्रमुख थापाले कुनैपनि सरकारी सेवा सुविधा लिनु भएन् ।
दोस्रो कार्याकालका लागि पुनःनगर प्रमुखमा निर्वाचित हुनु भएका थापाले आफुले नगरबासीलाई देखाएको सपना पुरा नहुँदा सम्म सरकारी कुनै पनि सेवा सुविधा नलिने बताउनुभयो । उत्तर कोरियाका राष्ट्रपति किमजोङ उनको जस्तो स्वाभाव भएका नगर प्रमुख थापाले जनताको न्युनतम आवश्यकता पुरा नभएसम्म नगर प्रमुखको हैसियतले पाउने कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको हो ।
बागमती नगरपालिकाका नगर प्रमुख थापाको पहिलो कार्यकालमा नगर प्रमुखलाई चढ्न गाडी किन्न दिइएको रकमबाट ट्याँकर किनेर चुरै क्षेत्रका वस्तीमा खानेपानी ढुवानी गरि नागरिकलाई खानेपानीको सेवा प्रदान गर्नु भएको थियो ।
उहाँले कमलामाई मिडिया प्रा.लिसंग संक्षिप्तमा कुरा गर्दै ‘हामी राजनीतिकर्मी आफ्नोे स्वार्थ छोडेर जनताको सेवा गर्न होमिएका हौं । हामी सुविधामूखी होइन सेवामूुखी हुनुपर्छ । मेरो नगरमा गरीबका छोराछोरी पढ्न पाएका छैनन्, बिरामी हुँदा औषधी खान पाएका छैनन्, तिनै बालबालिकाको बिचल्ली हेरेर मैले सेवा सुविधा लिनुहुँदैन भन्ने लागेर पहिलो कार्यकालमा पनि सेवा सुविधा लिईन र यो दोस्रो कार्यकालमा पनि नगर प्रमुखकोहैसियतले पाउने सरकारी सेवा सुविधा लिन्न् । मैले जति पनि सेवा सुविधा पाउछु त्यो विपन्न गरीब जनताका छोराछोरीको स्वास्थ्य, शिक्षामा खर्च गर्छु । जसका कारण पनि मसंग मेरो नगरका जनता खुसी भएका छन् ।’
मैलेमेरो नगरको  बजेटलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य,स्वारोजगार,आन्तरीक आयस्रोत बढाउने र चेतना बृद्धि गर्ने विषयमा खर्चेको छु । छोरा जन्माउनेलाइ रु ३ हजार र छोरी जन्माउनेलाई रु ५ हजार सुत्केरी भत्ताको व्यवस्था गरेको छु । जसबाट छोराछोरी बीचको विभेद केहि हदसम्म कम गर्न सकिन्छ भन्ने लागेको छ । 
पहिलो कार्यकाल कानुन निर्माण संघियताको मर्म भावना आदीले गर्दा सुरु सुरुमा काम गर्न गाह्रो भयो किनकी हिजोको संस्कारमा काम गरिरहेका कर्माचारीहरुले आफ्नै तरिकाले काम गर्नुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित भएर आइसके पछि जनताको सपनासँग जोडिएका जनमुखी कार्य गर्नुपर्छ ।  हाम्रा काम कस्ता छन ? जनताकै सामु गएर सार्वजनिक सुनुवाई गरेका छौं । गलत भए सुझाव दिनुहुन्छ त्यसलाई हामि सच्याउछौं । जनताको विकासका लागि आएको बजेट जनताकै विकासको लागि खर्च गरेका छौं । उहाँले बताउनु भयो ।
जनताको हित, सुशासन, मौलिक हक अधिकार र समृद्धि मेरो सपना हो । 
पहिलो कार्यकालमा नगरको नीयम कानुन निर्माण गरि सकेका कारण अब कानुनी जटिलताहरु छैनन् । कानुन निर्माण हुनुअघि कार्यविधि निर्माण गरि काम गर्यौं । अहिले आवश्यक सबै ऐन बनिसकेका छन् । हामिलाई काम गर्नको लागि कानुनी बाधा छैन । तर साझा अधिकारका ऐन बनाउन बाँकी रहेका छन् ।
हिजोको शिक्षा नीति, शिक्षक नीति, पठनपाठन तरिकालाई हामीले सुधार गर्न सफल भएका छौं । हामी निर्वाचित भएर आएपछि सबै शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक बसेर छलफल गर्यौं र सबै समुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि अहिले अभिभावक, विद्यार्थी खुसी भएका छन् । विद्यालयमा विद्यार्थी पनि बढेका छन् । हामिले गरेको कामलाई शिक्षा मन्त्रालाय, शिक्षा विभागले सहि मूल्यांकन गरि नेपालकै उत्कृष्ट विद्यालयको सूचिमा राखि पुरस्कार समेत प्रदान गरेको छ । 
आर्थिक स्रोतका कारण नगरपालिका गाँउपालिकामा पनि झर्न सक्छन् । त्यसकारण हामिले आर्थिक पक्षलाई बलियो बनाउन प्रती जमिनमा १ सय २१ विघाको माछा पोखरी निर्माण सुरु गरेका छौँ ।अर्थमन्त्रालयमा त्यसको डि.पि.आर समेत पेश गरेर विशेष अनुदानबाट केहि रकम प्राप्त गरेका छौं । त्यसबाट अन्तरिक पर्यटनमा बृद्धि हुने, माछा पालन गरेर वार्षिक रु ५ करोड भन्दा बढि आम्दानी हुने अनुमान गरेका छौं ।
हाम्रो नगरपालिकामा नुनथर, तपोवनजस्ता धार्मिक स्थलहरु रहेका छन् । सबै चाडपर्वमा धार्मिक मेला लाग्ने भएकाले त्यहाँ ‘फनपार्क’ ‘पिक्निक स्पोर्ट’ बनाउदैछौं । फनपार्क भित्र पाँच तारे होटेल, बोटिङ, बच्चाहरुको लागि चिल्ड्रेन पार्क, स्वीमिङ पुल देखि नगरको संस्कृति झल्कने गरि पाँच विघा क्षेत्रमा फन पार्क निर्माण गर्दैछौं । आज भोली नै नगर विकास कोषबाट त्यसको स्वीकृति हुन्छ । त्यसपछि आम्दानि वार्षिक करिब रु ३ करोड भन्दा माथि नै अनुमान गरेका छौं ।
त्यसका साथै रोड साइडमा कृषि आधुनिकीकरण गरि कृषि उत्पादन, व्यवस्थापन, बजारीकरण, गर्न सहकारी मार्फत अगाडी बढ्ने उद्देश्यले सहकारी संस्था पनि निर्माण गरिसकेका छौं । अहिलेसम्म २ हजार भन्दा बढी सदस्य भइसक्नुभएको छ । एक व्यक्ति एक शेयर भन्ने अभियानसहित अगाडी बढेका छौं । त्यसपछि हामीले संघीय सरकार र प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था नआउला ।
स्थानीय दररेट कायम गरेर जति रकम पर्ने हो त्यति नै रेट कायम गरेपछि कसले कहाँ खाने र कति बँच्छ र कस्लाई दिने ? जहाँ भ्रष्टचार हुने सम्भावना छ त्यसलाइ त्यहि अन्त्य गरिदिए पछि भ्रष्टचार हुँदैन । भ्रष्टचार हुनै नसक्ने प्रणाली निर्माण गरेका छौं ।  भने देशकै नमुना, जीवनस्तर उकासिएको, आय स्रोत बढेको, सुशासन, सम्बृद्धिसहितको स्वर्ग जस्तो नगरपालिका बनाउने अभियानमा हामी लागि परि रहेका छौँ । हरेक वर्ष परिवर्तन भएको पाउनु हुनेछ । वर्षैपिच्छे आएर हेर्नु होला। सबैको खुशी भरिएको अनुहार हेर्ने मेरो सपना छ  र त्यो पुरा गर्नम सबैशक्ति लगाएर लागि परि रहेको छु । यसबाट पनि बागमती नगरपालिकाका नगर प्रमुख थापाको जनताप्रतीको समर्पण भाव र इमान्दारीताले नगरको भविष्य उज्वल देखिएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech