स्राेत नखुलेकाे ५ लाख भारु र ५ लाख रुपैयाँ सहित तीनजना नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-२२ गते   ४२७ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वाबाट शसस्त्र प्रहरीले ठुलाे मात्रामा स्राेत नखुलेकाे रकम सतिह ३ जनालाई नियन्त्रणमा  लिएको  छ । 
कविलासी नगरपालिका ८ अगर्वाबाट शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीबाट खटिएको शसस्त्र प्रहरीको टाेलीले चेकजाँच गर्ने क्रममा ५ लाख नेपाली र ५ लाख भारतिय रुपैया सहित हरिवन नगरपालिका ११ बस्ने गान्धि साह,रूपन्देहि तिलाेत्तमाका राजेश बानिया र पर्सा वीरगन्जका अनिल साहलाई नियन्त्रणमा  लिईएकाे शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले जनाएको छ ।
नियन्त्रणमा लिईएका तीनजना सहित रकम आवश्यक कार्बाहीकाे लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको शसस्त्र प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech