प्रवासी कुशवाहा कल्याण समाज दोहा कतारको अध्यक्षमा महतो सर्वसहमत

1.1k Shares

प्रवासी कुशवाहा कल्याण समाज दोहा कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।दोहा कतारको सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा मनोज कुमार महतो,बिनोद कुमार सिंह,उपेन्द्र महतो,महेश कुमार महतो,महासचिवमा सन्तोष कुमार महतो,सचिवमा अशोक कुमार महतो र कोषाध्यक्षमा उमेश कुमार महतो चयन भएका कार्यक्रममा अतिथि एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जीतेन्द्र महतोले जानकारी दिए ।

sa.jpeg
उनका अनुसार तेस्रो अधिवेशन सदस्यहरु मुनिलाल महतो,भागवत महतो,शम्भु महतो, रामबाबु सिंह,दिनेश कुमार महतो,राकेश सिंह,राम गोपाल महतो,राम केबल महतो,बिरेन्द्र कुमार सिंह,उदय कुमार महतो,मनिक लाल महतो,रन्जित कुमार महतो,उमेश कुमार महतो र मुकेश कुमार महतो रहेका छन।
त्यसैगरी सल्लाहकार समितिमा कमलेश कुमार महतो,शिव कुमार महतो,बिनोद कुमार महतो, रामकल्याण महतो र जयकुमार सिंहलाई चयन भएका छन्।कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य राज कुमार सिंहको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष कमलेश कुमार महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सचिव भरत महतो,कुशवाहा बुद्धिजीवी कल्याण समाजका केन्द्रिय महासचिव पुण्यलाल महतो,गैर अवासिय नेपाली संघ कतारका नव निर्वाचित अध्यक्ष पदम गिरी लगायत विभिन्न संघ÷संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरु,बुद्धिजीवी र  समाजसेवी लगायको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार