Close This

प्रहरी नायव उपरिक्षक भाटद्धारा विपन्नलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१६ गते   १७९ पटक हेरिएको

सर्लाहीको इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक उद्धव सिंह भाटले एक असहाय परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । २४ सै घण्टा सुरक्षा व्यवस्थामा खटिने र निषेधाज्ञा कडाईमा अहोरात्र लागि पर्नु भएका प्रहरी नायव उपरिक्षक भाटले कोरोना भाईरस संक्रमणका कारण जारी लकडाउनले सारै अफ्ठ्यारोमा परेको परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको हो ।
बागमती नगरपालिका ६, राजघाट निवासी तारामाया पुलामीको परिवारलाई प्रहरी नायव उपरिक्षक भाटले आईतबार चामल, दाल लगायतका खाद्य सामाग्री सहयोग गर्नु भएको बागमतीनगरपालिका ६ का वडाध्यक्ष गोविन्द राईले जानकारी दिनु भयो ।
वितरण गरिएका खाद्य सामाग्रीहरुमा चामल,दाल,चिनी,आलु, ४ प्याज, नुन, बालटिन, जग,नुहाउने सावुन,कपडा धुने सावुन,ब्रस,दात माज्ने पेष्ट र ह्यण्डवास रहेको छ । वडाध्यक्ष राईका अनुसार तारामायाका श्रीमानको क्यान्सरका कारण केही समय अगाडि मृत्यु भएको थियो भने छोरीको पनि केही दिन अगाडि दुर्घटनामा परी मृत्यु भएको थियो । अत्यन्त विपन्न आर्थिक अवस्था देखेपछि आफूले सानो सहयोगको वातावरण बनाएको र निकट भविष्यमा पनि थप सहयोग जुटाउन आफ्नो पहलकदमी रहने प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बरथवामा प्रमुख भएर आएपछि प्रहरी नायव उपरिक्षक भाटले सो  क्षेत्रमा राज्यको नियम कानून पालना गराउन तथा कोरोना भाईरस संक्रमणका कारण जारी लकडाउन एवम निषेधाज्ञा कार्यान्वयन गराउन नेतृत्वदायी भूमिका निर्वाह गरी रहनुभएको छ । आफ्नो स्वार्थ सिद्द नहुने भएपछि पछिल्लो समय भने उनि विरुद्द विभिन्न राजनैतिक दलका नेताहरु लागिपरेको त्यस क्षेत्रका जानकारले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech