Close This

भन्सार छलीका कपडा र गुटखा बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२४ गते   ३३२ पटक हेरिएको

सर्लाही प्रहरीले  जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामानहरु बरामद गरेको छ । भारतबाट लुकिछिपी नेपाल ल्याउदै गरेको अवस्थामा कपडा र सुर्ती जन्य पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।


जिल्लाको पर्सा गाउँपालिका १ स्थित नेपाल भारत सिमानाबाट भन्सारछली नेपाल ल्याउँदै गरेको अवस्थामा करिब ४० हजार मुल्य बराबरको कपडा नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो । शनिबार राती करिब ९ बजेको समयमा उक्त कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको गोडैता नगरपालिका १ स्थित नेपाल भारत सिमानाकाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा करिब ३५ हजार मुल्य बराबरको सुर्ती जन्य पर्दाथ गुटखा प्रहरीले नियन्त्रणमा लिएको हो ।
 भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा शनिबार साँझ करिब ८ बजेको समयमा प्रहरीले गस्ती गर्ने क्रममा सो सामान बरामद गरेको जनाएको छ । प्रहरीलाई देखे लगतै सामान छोडेर मानिसहरु भागेको र बरामद गरिएको सामान राजश्व कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech