सर्लाहीमा कार्यरत २६२ जना प्रहरी अधिकारीले लगाय बढुवा दर्जानी चिन्ह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१ गते   ३२६२ पटक हेरिएको

नेपाल प्रहरीका २ सय ६२ जनाको एकसाथ बढुवा भएको छ । सर्लाहीमा कार्यरत १८ जना प्रहरी नायब निरीक्षक(सई) प्रहरी वरिष्ठ नायब निरीक्षक(प्रवनानी) मा बढुवा भएका छन् भने हबल्दारबाट ६५ जना प्रहरी वरिष्ठ हबल्दारमा र १ सय ७९ जना प्रहरी जवान सहायक हबल्दारमा गरि २ सय ६२ जनाको एकसाथ बढुवा भएको हो ।
वरिष्ठ हबल्दार र सहायक हबल्दारमा बढुवा भएकाहरुलाई कार्यरत युनिटमै युनिट ईन्चार्जले बिल्ला लगाई दिएका छन् भने प्रहरी वरिष्ठ नायब निरीक्षक(प्रवनानी)मा बढुवा भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले फुली लगाई दिनु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
नेपाल प्रहरीमा केही समयअघि मात्र तीनवटा तारा फुली रहने वरिष्ठ सई सहित वरिष्ठ हबल्दार र सहायक हबल्दार गरी तीनवटा पद श्रृजना गरिएको थियो ।

जसका कारण प्रहरी निरिक्षक हुनुपर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक(प्रवनानी)मा बढुवा भए,असई हुनुपर्ने प्रहरी वरिष्ट हबल्दार भएका छन भने प्रहरी हबल्दार हुनु पर्ने प्रहरी सहायक हबल्दारमा बढुवा भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech