खुला सिमानाको फाइदा उठाउँदै साना हतियारको प्रयोग बढाउँदै तस्करहरु

2.9k Shares

अवैध हतियारको बिगबिगीका कारण प्रदेश २ मा हत्या–हिंसाका घटना बढिरहेको प्रहरीको भनाइ छ । सामान्य विवाद, लेनदेन, जग्गा–जमिन विवादमा समेत अवैध हतियारको प्रयोग र ज्यानै लिनेसम्मका घटना हुने गरेका छन् । प्रदेश २ का आठवटै जिल्ला भारतसँग खुला सीमा जोडिएकाले यी क्षेत्रमा अवैध हातहतियार सहजै ओसारपसार हुने गरेका छन् । जुन विषय प्रहरीका लागि चुनौती बनिरहेको छ । 
भारतमा सहज रूपमा र कम रकममा यस्ता हतियार पाउने भएकाले आपराधिक गतिविधिमा संलग्नहरू स्वयं वा दलालमार्फत अवैध हातहतियार मगाउने गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।  मान्छे मार्नभन्दा पनि अरूलाई तर्साउन, हतियार देखाएर लुटपाट गर्न त्यस्ता हतियार प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । ‘यस्ता कार्यमा दुव्र्यसनी, बेरोजगार युवाहरु प्रयोग भइरहेका छन् ।’ 
त्यसैक्रममा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर शेखटोलबाट  पेस्तोलसहति दुई भारतीय नागरिक पक्राउ परेका छन् । बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरीको टोलीले गस्ती गर्ने  क्रममा त्रिभुवननगर शेखटोलबाट उनिहरुलाई एकथान पेस्तोल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको भलुवाहा ग्राम पन्चायत ११ बस्ने ४५ वर्षीय सन्जय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चमि ग्राम पन्चायत ५, लक्ष्मीपुर बस्ने ४० वर्षीय उमाशंकर महतो रहेको शसस्त्र प्रहरी १० नम्बर हे.क्वा गण कविलासी सर्लाहीले जनाएको छ । 
उनीहरुको साथबाट इटालीएन अटोमेटिक पेस्तोल एक थान र त्यसमा लाग्ने दुई थान म्यागेजिन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बिआर ३० एन २०३४ नम्वरको भारतिय मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा झोलामा लुकाएर बोकेको हतयिार बरामद भएको हो । पक्राउ परेका दुवै भारतीयलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरका शसस्त्र प्रहरी अधिकारीले बताएका छन् ।
अवैध हातहतियारको बिक्री वितरण, ओसारपसार तथा त्यसलाई नियन्त्रण गर्न प्रहरी सक्रियतापूर्वक लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो । आपराधिक गतिविधिमा लागेकाहरू धमाधम पक्राउ परिरहेको उहाँले बताउनु भयो । ‘नेपाल–भारतबीचको खुला सिमानाका कारण त्यस्ता गतिविधि नियन्त्रण त गर्न सकिँदैनन्,’ ‘खुला सिमानाको कारण सबै ठाउँमा एकनासले निगरानी गर्न सक्ने अवस्था छैन, तैपनि पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाक तथा ड्रेसमै पनि उल्लेखनीय संख्यामा प्रहरी परिचालन गरिएको छ ।’ जसबाट पनि केही हद सम्म प्रयास भईरहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार