अरुको कुरा नसुनी २०८४ को तयारीमा लाग्न नेता कार्यकर्तालाई नेता निधीको निर्देशन

355 Shares

लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा बढी माया नेपाली कांग्रेसलाई रहेको नेपाली कांग्रेसका पूर्व उपसभापति एवम पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले बताए।सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा आइतबार सहिद सुखदेव महतोको शालिक अनावरण गर्न सर्लाही आएका नेता निधीले संघीयता सहितको लोकतान्त्रिक व्यवस्थाको माया अरू राजनीतिक दलको तुलनामा कांग्रेसलाई धेरै रहेको बताएका हुन।उनले संघीय लोकतान्त्रीक गणतन्त्र नेपाललाई जोगाई राख्न सके सहिदप्रति उच्च सम्मान हुने समेत बताए । 

1.jpg
कांग्रेसले धेरै कुरा सहेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगाइ राखेको बताउँदै संयुक्त सरकार रहेको बेला सबैकुरा कांग्रेसले भनेको मात्रै नहुने भन्दै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।१३ महिनापछि नेकपा (एमाले)सँगको सात बुँदे सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा हुँदै जाने समेत उनले बताए ।

2.jpg
पछिल्लो समय मधेश प्रदेशमा योजनाका चिठ्ठी,पत्र बिक्री भएको र यसले प्रदेश नै बदनाम भएको भन्दै आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई त्यस्ता काममा नलागी इमान्दारिता देखाउन आग्रह गरे।२०५९ वैशाख २१ गते तत्कालीन विद्रोही नेकपा(माओवादी) ले घाँटी रेटेर हत्या गरेका पार्टीका नेता एवम साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकद भएको शालिक कांग्रेस नेता निधीले अनावरण गरेका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।

3.jpg
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम निवर्तमान मन्त्री प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंह,मधेश सरकारका निवर्तमान मन्त्री रामसरोज यादव, नेपाली कांग्रेस धनुुषामा सभापति योगेन्द्र पजियार, नेपाली कांग्रेस सर्लाहीका निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार,प्रदेश सभा सदस्य जङ्गीलाल राय र पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए ।

4.jpg

सम्बन्धित समाचार