सर्लाही ३ मा म सहजै जित्छु ः पाँच दलिय गठबन्धनका उम्मेदवार साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२७ गते   १७५ पटक हेरिएको

बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ मा उम्मेदवार भएका नरेन्द्र साह २०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । उनि मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभासदस्य पदका लागि हुने निर्वाचनमा सर्लाही ३ बाट प्रतिनिधि सभासदस्य पदका उम्मेदवार हुन । उनि २०७४ सालको नतिजा फेरी दोहो¥याउने योजनामा छन् ।
सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट सर्लाही ३ मा नेकपा(माओवादी केन्द्र)का नेतासाह चुनावी प्रतिस्पर्धामा छन्। विपक्षी गठबन्धनले यो निर्वाचनमा साहका प्रतिस्पर्धीका रुपमा नेकपा(एमाले)का नेता हरि उप्रेतीलाई उतारेको छ। साह र उप्रेती दुवै पूर्व सभासद् हुन्। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा साह महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई–मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसद बन्दा यो क्षेत्रबाट एमालेका उप्रेती प्रत्यक्ष निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) बाट माओवादी केन्द्रका रामेश्वर राय २२ हजार ३ सय ६७ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार साह करिब १२ हजार मत ल्याएर तेस्रो भएका थिए। उनै साह यो पटक माओवादी केन्द्रबाट सर्लाही क्षनेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदकोे उम्मेदवार छन्। १२ असोज गते मात्र आधिकारीक रुपमा माओवादी केन्द्रमा प्रवेश गरेका साहले पार्टीका धेरै आकांक्षीलाई पछि पारेर टिकट लिन सफल भए। अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सहितका नेताको विश्वास जितेका साह आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान चलाइरहेका छन्। मतदातासँग भेटघाट र घरदैलो गर्दै हिडेका नेता साहसंग कमलामाई मिडिया प्रा.लिले अनौपचारीक छलफल गर्दा उनले आफु सर्लाही ३ को लागि नयाँ अनुहार नभईपुरानै भएकाले र २०५३ सालदेखि आन्तरीकरुपमा माओवादीसंग नजिक भएका कारण आफुले टिकट पाएको र सहजैजित निकाल्न सक्ने बताए ।
०७४ मा चुनाव हारेपछि पनि मलाई माओवादी केन्द्रले राष्ट्रिय सभाको टिकट दिएको थियो। यसले पनि माओवादी केन्द्रले म प्रति गरेको विश्वासलाई उजागर गरेको उनले बताए । राजनीतिमा लागेपछि नेताहरुमा टिकट पाउने,उम्मेदवार बन्ने चाहना हुनु स्वाभाविक हो। उम्मेदवारका आकांक्षी सबै साथीहरुलाई म सम्मान गर्छु। तर,उम्मेदवार बनेर मात्रै हुँदैन। जनताको विश्वास पनि जित्नु पर्छ। स्वतन्त्र उम्मेदवार बनेर पनि मैले २०७४ मा राम्रो मत ल्याएको थिएँ।जनताले मलाई गरेको विश्वासले नै त्यो सम्भव भएको थियो। जनताको विश्वासलाई बुझेरै,यसपटक पार्टी अध्यक्ष प्रचण्डले मलाई टिकट दिनु भएको छ। म यो अवसरलाई पुरा गरेरै छाड्छु । नेता साहले बताए ।
मेरो उम्मेदवारीले जिल्लामा पार्टीका साथीहरु उत्साहित हुनुहुन्छ। जिल्लाभर नै उत्साहपूर्ण वातावरण छ। सबै साथीहरु एक ढिक्का भएर निर्वाचन अभियानमा सहभागी बन्नु भएको छ। त्यति मात्र नभई बाम लोकतान्त्रीक गठबन्धनबाट सर्लाही ३ कोसाझा उम्मेदवार बनेको छु । म करिब १० हजार मतान्तरले निर्वाचित हुन्छु । उनले भने,
पार्टीका केही नेता तपाईंको उम्मेदवारीलाई लिएर असन्तुष्ट छन् भन्ने चर्चा छ, खास कुरा के हो? भन्ने कमलामाई मिडिया प्रा.लिको अनौपचारिक प्रश्नमा “त्यस्तो केही छैन। पार्टीको निर्णयलाई सबैले सम्मान गर्नु भएको छ। पार्टीका केन्द्रीय सदस्य माया वल,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महतोसहित सबैजसो नेता र अगुवा कार्यकर्ता अभियानमा जोडिनु भएको छ। अहिले खुल्न नसकेका साथीहरु पनि विस्तारै मेरो पक्षमा उभिने विश्वास छ।”बताए ।
तपाईंको निर्वाचन अभियान कसरी चलिरहेको छ? भनिप्रश्न गर्दा नेता साहले उम्मेदवारी दर्तापछि हामी निर्वाचन अभियानमा छौँ। पार्टीका बैठक,भेलासहित निर्वाचन लक्षित गतिविधि भइरहेका छन्। यो परिवर्तनको नेतृत्व गर्ने मुख्य शक्ति माओवादी केन्द्र नै हो। संघीयता,धर्म निरपेक्षता,नेपालको संविधान २०७२ को रक्षा,समृद्ध नेपाल र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिको मुख्य जननी माओवादी केन्द्र हो। हामी पार्टीका विचार, दृष्टिकोणसँगै पाँच दलिय गठबन्धनको औचित्य र एजेण्डा जनतामा स्थापित गर्ने अभियानमा रहेको बताए । उनले सर्लाही ३ मा पर्ने सबै ठाउँबाट हाम्रो गाउँमा,हाम्रो वडामा आइदिनुपर्यो भनेर खबर आइरहेको छ। म भ्याएसम्म सबै ठाउँमा पुग्ने कोसिस गरिरहेको छु। म पुग्न नसकेका ठाउँमा पनि साथीहरुले अभियान चलाइरहनु भएको छ। वडाभेला, गाउँभेलाका कार्यक्रम भइरहेका बताए । उनले निर्वाचन जित्न ठूलो र नाम चलेको नेता भएर मात्र नहुने बताए । जनतामाझ भिजेको,मन जितेको हुनुपर्ने,जनताको सुख,दुःखमा साथ दिएको‘लिडर’हुनुपर्ने बताए ।
यो क्षेत्रमा तपाईंका मुख्य प्रतिस्पर्धी एमालेका हरि उप्रेती देखिनुभएको छ। उहाँ यो क्षेत्रको राजनीतिक खेलाडी मानिनु हुन्छ ।उहाँसँगको प्रतिस्पर्धा तपाईंलाई भारी पर्दैन?भन्ने हाम्रो प्रश्नमा उनले हाँस्दै त्यस्तो भारी पर्ला जस्तो आफुलार्ई नलागेको बताए । आफुले यस क्षेत्रमा २०७० सालमा सांसद भएर होस् वा २०७४ मा उम्मेदवार भएर जनताको माझमा साह चिर परिचित नाम बनाउनसफल भएको उनले बताए ।
“उनले एमालेका हरि उप्रेतीलाई आफ्नो घर र आफूले निर्वाचन लड्ने क्षेत्रमा समेट्न नसक्ने मान्छेलाई कसरी राजनीतिक खेलाडी भन्ने? उहाँले आफ्नो वडालाई समेत आफ्नो निर्वाचन क्षेत्रमा पार्न सक्नु भएन। यसले पनि उहाँको क्षमता देखाउँदैन र? उहाँको घर भएको बरहथावा नगरपालिका–१५ पिप्राभित्ता अहिले सर्लाहीको क्षेत्र नम्बर ४ मा पर्छ। जब कि बरहथवा नगरपालिकाका अधिकांश वडा यो क्षेत्रमा पर्छन्। ठूलो पार्टीको ठूलो नेताले आफ्नो वडालाई आफू निर्वाचन लड्ने क्षेत्रमा समेट्न सक्नुपर्ने हो नि! उहाँमा त्यति सामान्य क्षमता पनि देखिएन। उहाँले यो क्षेत्रमा कुनै पनि विकास निर्माणका कामको अगुवाइ गर्न सक्नु भएको छैन। तपाईं हेर्दै जानुस्, दोब्बर भन्दा बढी मतान्तरले म यो क्षेत्रमा विजयी हुनेछु।”
“सर्लाही ३ को प्रदेश सभा(क)मा नेकपा(एकीकृत समाजवादी)पार्टीका नेता डिल्ली प्रसाद उप्रेती र  सर्लाही ३(ख) मा कांग्रेसका नेता हरेश महतो पाँच दलिय गठबन्धनका आधिकारिक उम्मेदवार हुनुहुन्छ। पाँच दलिय गठबन्धनका आधिकारिक उम्मेदवारकै पक्षमा लाग्नु हुनेछ। माओवादी केन्द्रका मतदाता सबैले उहाँहरुलाई नै मतदान गर्नु हुनेछ। हामी सबै मिलेर अभियान सञ्चालन गर्ने छौँ। स्वतन्त्र उम्मेदवारको कारण मत प्रभावित हुन दिदैनौँ।”नेता साहले बताए ।
“सर्लाही ३ मा नरेन्द्र साहले आफु वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेको दोस्रो आधार,यो क्षेत्रमा माओवादी केन्द्र आफैँ बलियो शक्ति हो। तेस्रो आधार,आफु यहाँ निरन्तर काम गरिरहेको,जनताका दुःख,कष्ट,अभाव र समस्या पर्दा घरदैलोमा पुगेको साथै अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट संघमा झण्डै १५ हजार मत ल्याउने नेता महतो र निवर्तमान प्रदेश सांसद उप्रेती पनि यतिबेला आफुसँगै रहेका बताए । माओवादी केन्द्र, कांग्रेस,लोसपा र एकीकृत समाजवादी पार्टीको साथ आफुहरुलाई रहेको बताए । पाँच दलिय गठबन्धनको मर्मअनुसार प्रदेशमा हामीले डिल्ली र हरेश जीलाई सघाउने,संघमा उहाँहरुले मलाई सहयोग गर्ने समझदारी भएको छ। त्यसमा तलमाथि हुँदैन। र, हुन सक्दैन। अर्कोतर्फ, आफु र्लाही ३ को लागि नयाँ मान्छे होइन। म यहिँ जन्मिएको,हुर्किएको,यहिँको भूमि पुत्र हुँ। किसानको छोरा हुँ। म यहाँका जनतासँग परिचित छु। सुख, दुःखमा सँगै छु। आफुसँग सर्लाहीको विकासको ठोस योजना र दृष्टिकोण रहेका कारण चुनाव जित्ने पक्का छ ।”उनले बताए ।
तपाईं निर्वाचित हुनुभयो भने सर्लाहीको विकास योजना के छन्? भन्दा “सर्लाहीबाट धेरै नेताहरु मन्त्री र सांसद हुनुभयो। मेरो विचारमा सबैभन्दा धेरै मन्त्री र सांसद पाउने जिल्ला नै सायद सर्लाही नै होला। तर, उहाँहरुले यहाँको विकासको लागि केही कामै गर्न सक्नु भएन। यो मैले कसैप्रति आरोप लगाएको मात्रै होइन, यहाँको वास्तविक यथार्थ नै यही हो। हाम्रो नेतृत्वले कसरी काम गर्छ तपाईंहरुले बागमती नगरपालिकालाई हेरे हुन्छ। १० वर्षअघि बागमती कस्तो थियो, आज कस्तो बनेको छ, हामी सबैले देख्न सक्छौं। भरत थापाजी बागमतीको नेतृत्वमा आएपछि यहाँको भौतिक विकासले तीव्रता पाएको छ। अहिले स्वदेश तथा विदेशमा पनि मानव निर्मित भरत तालको चर्चा छ। दैनिक हजारौँ मानिस यहाँ घुम्न आउँछन्।” साथै “यो क्षेत्रमा माओवादी केन्द्र बलियो छ, तर जितको लागि त्यो मत मात्रै पर्याप्त हुँदैन। म गठबन्धनको साझा उम्मेदवार हु । स्थानीय निकायको निर्वाचनमा गठबन्धनका दलले पाएको मत भन्दा धेरै मत यो निर्वाचनमा मैले प्राप्त गर्ने छु। मेरो अनुमानमा विपक्षी उम्मेदवार भन्दा दोब्बर बढी मतान्तरले म विजयी हुने छु। त्यो भनेको ५१ हजार भन्दा धेरै मत मेरो पक्षमा खस्ने छ।”पाँच दलिय गठबन्धनका साझा उम्मेदवार साहले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech