मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को जेठ २१ गतेसम्म कुल विनियोजित बजेटको करिब २० प्रशित रकम खर्च गरेको छ ।प्रदेश सरकारको वित्तीय विवरण अनुसार रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेटमध्ये हालसम्म रु नौ अर्ब ११ करोड ९५ लाख ७५ हजार अर्थात कुल रकमकको १९ दशमलव चार प्रतिशत मात्रै खर्च गरेको मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई(समिर)ले जानकारी दिए ।
उनका अनुसार कुल खर्चमध्ये चालुतर्फ रु पाँच अर्ब ३२ करोड ४४ लाख ८४ हजार तथा पुँजीगततर्फ रु तीन अर्ब ७९ करोड ५० लाख ९१ हजार खर्च भएको छ ।
मन्त्रालयको विवरण अनुसार जेठ १३ गतेसम्म कुल खर्च रु आठ अर्ब ७५ करोड ७६ लाख १४ हजार रहेकोमा जेठ २१ गतेसम्म आइपुग्दा खर्चमा रु ३६ करोड ४२ लाखले वृद्धि भएको हो ।यस अवधिमा चालु खर्च करिब रु नौ करोड ७४ लाख तथा पुँजीगत खर्च करिब रु १८ करोड ७८ लाखले बढेको छ ।अर्थमन्त्रीमको भट्टराईले जिम्मेवारी सम्हालेदेखि सप्ताहिक रुपमा खर्च विवरण सार्वजनिक गर्दै आएका छन् ।