वन डढेलो न्युनिकरणबारे जनचेतना फैलाउन साप्ताहिक कार्यक्रम सञ्चालन

460 Shares

सुख्खायाम सुरु भएसँगै नेपालभर वन डढेलोको जोखिम बढ्ने न्युनिकरणका लागि सर्लाहीमा वन डढेलाे व्यवस्थापन जनचेतनामूलक साप्ताहिक कार्यक्रम गरिएको छ । वन डढेलाे रोकथाम तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको आयाेजनामा वन डढेलाे व्यवस्थापन सम्बन्धि जनचेतनामूलक साप्ताहिक कार्यक्रम गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्ताेष कुमार झाले बताए ।

IMG-20250319-WA0004.jpg

उनका अनुसार डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको आयाेजना र सामुदायिक वन उपभोक्ता समूह तथा वातावरण संरक्षण सम्बन्धि विभिन्न संघ/संस्थाहरुको सहकार्यमा चैत्र १ गतेदेखि अभियान सुरु गरिएको हाे। मानविय लापरबाहीका कारण वन डढेलाे हुने गरेकाे र सानाे मानविय त्रुटिका कारण मानविय तथा भाैतिक क्षेती हुने गरेकाले यस प्रकारका कार्यमा नगर्न डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख झाले आग्रह गरे। उनले प्रज्वलनसिल पदार्थहरुकाे प्रयाेग गर्दा ध्यान पुर्याउनु पर्ने भएकोले आवश्यक सामाग्रीहरु समेत खरिद गरिएकाे र समन्वयत्मक रुपमा काम गर्न सामुदायिक वन उपभोक्ता समुहहरुका साथै उपभोक्ताहरुसँग अनुराेध गरे ।

IMG-20250319-WA0005.jpg

वन कार्यालयले मात्रै चाहेर वन डढेलाे न्युनिकरण गर्न नसकिने भएकाले सराेकारवाला निकायका साथै स्थानीय उपभोक्ताहरु समेत सचेत हुन जरुरी रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी हाेम प्रसाद घिमिरेले बताए ।प्राकृतिक कारणका साथै मानविय लापरबाहीले गर्दा हरेक वर्ष नेपालमा हजारौँ हेक्टर वन क्षेत्र डढेलोको चपेटामा पर्ने गरेको र कतिपय नागरिकहरुमा वन डढेलाे सम्बन्धि पुर्णज्ञान नभएकोले वनस्पति तथा वन्यजन्तुमा क्षति पुगि रहेकाे उनले बताए । स्वास्थ्य,जलस्रोत तथा मौसम चक्रमा प्रतिकूल असर पार्ने साथै वनजंगल जलेर खरानी भएपछि कार्बनडाइ अक्साइड उत्सर्जन बढ्ने भएकाले जलवायु परिवर्तनलाई सहयाेग पुर्याउने र वन डढेलाे न्युनिकरण गर्ने उद्देश्य अनुरुप वन डढेलाे व्यवस्थापन सम्बन्धि जनचेतनामूलक साप्ताहिक कार्यक्रम गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

वन डढेलो नियन्त्रण सम्बन्धी अध्ययनले अधिकांश आगलागी मानवीय कारणले हुने देखाएकाले नागरिकहरुमा सचेतना जगाउन आवश्यक रहेकाे जानकारहरु बताउँछन् ।कार्यालयका अनुसार गोठालाहरूको लापरबाही, सुक्खा घाँसमा सल्काइएका आगो,खेतीपाती विस्तारका लागि वन फँडानी र आगलागी जन्य पदार्थलाई अव्यवस्थित प्रयोग गर्दा वन डढेलाे लाग्ने गरेकाे छ ।

प्रत्येक दिन विभिन्न समुदायस्तरमा छलफल गरि वन डढेलो न्यूनीकरणका लागि आवश्यक उपाय बारे छलफल समेत भएकाे साथै सामाजिक सञ्जाल, रेडियो तथा स्थानीय पत्रपत्रिकाहरुमार्फत जनचेतना सन्देश प्रसारण भई रहेकाे कार्यालयले जनाएकाे छ। "वन डढेलो नियन्त्रण प्राथमिकता हो। यो अभियानले स्थानीय नागरिकहरूलाई सचेत बनाउने र प्रत्यक्ष रूपमा आगलागीको जोखिम कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको जानकारहरु बताउँछन् ।स्थानीय बासिन्दाहरू यो अभियानप्रति उत्साहित देखिएका छन्।

"वन हाम्रो जीवनस्रोत हो। यसलाई जोगाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण छन्।हामी सक्दो सहयोग गर्नेछौं।"एक स्थानीयले बताए।वन डढेलो रोकथामका लागि सचेतना अत्यावश्यक रहेकाे र समुदायको सहभागिता र सचेतना अभिवृद्धि गरेर मात्रै दीर्घकालीन रुपमा वन डढेलो नियन्त्रण गर्न सकिने जानकारहरु बताउँछन्।उनीहरुका अनुसार साप्ताहिक जनचेतना कार्यक्रमले सकारात्मक प्रभाव पार्ने र भविष्यमा वन जोगाउने कार्य अझ प्रभावकारी हुनेछ।

सम्बन्धित समाचार