“कल्चर परीक्षण सेवा”लालबन्दी नगर अस्पताबाटै हुने

307 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित रहेको लालबन्दी नगर अस्पतालमा“कल्चर परीक्षण सेवा”सुरु गरिएको छ ।बिरामीको शरीरमा कुन ब्याक्टेरिया,फङ्गस वा भाइरसको सङ्क्रमण भएको छ र त्यसका लागि कुन एन्टिबायोटिकले ठीक गर्छ भनी पत्ता लगाउन गरिने“कल्चर परीक्षण सेवा”सुरु लालबन्दी नगर अस्पतालमा नै सुरु भएपछि यस क्षेत्रका बिरामीहरुलाई ठूलो राहत हुने अपेक्षा गरिएको लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले बताए ।उनका अनुसार लालबन्दी नगर अस्पताल मै रगत र पिसाब मार्फत कल्चर टेष्ट सुरु गरिएको हो ।
यस अघि सर्लाहीका स्थानीय कल्चर टेष्ट गराउन जनकपुर तथा वीरगन्ज धाउन बाध्य थिए । लालबन्दी नगर अस्पतालले आफूसँग उपलब्ध भएका र थप एक जना प्रयोगशालाका कर्मचारी समेत नियुक्त गरेर कल्चर परीक्षण सेवा सुरु गरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 
लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले कल्चर टेष्ट सेवाको उद्घाटन गर्दै लालबन्दी नगरवासी र यस क्षेत्रका स्थानीयलाई सुलभ दरमा विश्वसनीय विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन नगरपालिकाले निरन्तर लगानी बढाउँदै लगेको बताए ।विशेषज्ञ चिकित्सकहरुले भरपर्दो स्वास्थ्य सेवा प्रदान गरिरहेकाले लालबन्दी नगर अस्पताल प्रति पछिल्लो समय स्थानीय बासिन्दाको भरोसा बढ्दै गइरहेको उनले बताए ।अस्पतालमा दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका अस्पताल स्रोतले जनाएको छ ।
नयाँ–नयाँ स्वास्थ्य सेवा थप गर्दै लगेको लालबन्दी नगर अस्पतालले कल्चर परीक्षण सेवा अन्तर्गत रगतमार्फत गरिने परीक्षणका लागि रु तीन सय ५० र पिसाबमार्फत गरिने परीक्षणका लागि रु एक सय ५० शुल्क तोकेको छ।गाडी भाडा,हैरानी र महँगो शुल्क तिरेर जनकपुर तथा वीरगन्ज गएर कल्चर परीक्षण गर्ने बिरामीका लागि लालबन्दी नगर अस्पतालमै कल्चर टेष्ट सेवा उपलब्ध भएपछि ठूलो राहत मिल्ने अपेक्षा गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

सम्बन्धित समाचार