हरिपुर १ मा हात्तिको उपद्रो,बालीनाली र घरमा समेत क्षेती

258 Shares

सर्लाहीको हरिपुर नगरपालिका १ स्थित हजारबिघा क्षेत्रमा किसानहरुले लगाएको बालीनाली जङ्गली हात्तीले क्षति गरेको छ।हरिपुर नगरपालिका १ स्थित हजारबिघा क्षेत्रमा जङ्गली हात्ती बस्ती पसेर बालीनालीमा क्षति पु¥याउन थालेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन्।
हरिपुर नगरपालिका १ हजार बिघा क्षेत्रमा किसानहरुले लगाएको अन्न र उखुबाली तीन वटा जङ्गली हात्तीले क्षति गरेको हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए।उनका अनुसार गएराति एक्कासि गाउँ नजिकै जङ्गलबाट खेतमा हात्तीहरू पसेर खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने स्थानीयलाई चिन्ता थपिएको छ।दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको वडा अध्यक्ष थापाले बताए ।
हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ।हात्तीले घरभित्र रहेको अन्नपात खाएको भन्दै रातको समयमा हात्ती आएको देखेपछि मगरले छिमेको घरतर्फ भागेर ज्यान जोगाएकी स्थायनीयले बताए ।
हात्तीले निर्मला कार्की,अष्टम खड्का र गोपाल बस्नेतसहितको करिब एक बिघा जमिनमा लगाइएको मकै,गहुँ र उखु बालीमा पनि क्षति पुर्याएको छ।सव डिभिजन वन कार्यालय जानकीनगरले हरिपुर नगरपालिका १,जानकीनगर क्षेत्रमा गए रातिदेखि जङ्गली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।हजारबिघा क्षेत्रमा आएको हात्तीलाई आफ्नो गन्तव्य बासस्थानतर्फ फर्काउन पहल भइरहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार