असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी तथा डुवानमा परेर सर्लाहीको बागमती र बलरा नगरपालिका सबैभन्दा धेरै प्रभावित भएका भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो।जिल्लाका अन्य पालिकाहरु पनि प्रभावित भएका भएपनि यी दुई पालिका सबै भन्दा धेरै प्रभावित भएका भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएका बलरा र बागमती नगरपालिकाले राहत पाउने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका देशभरका २० जिल्लाका ७१ पालिकालाई तीन समूहमा वर्गीकरण गर्दै रु ५० लाख देखि एक करोडसम्मको राहत दिने निर्णय गरेपछि सर्लाहीको बागमती रबलरा नगरपालिका पनि यो रहात पाउने पालिकाहरुमा परेका बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहाले जानकारी दिए ।
उनका अनुसार पहिलो समूहमा नौ वटा पालिका परेका र उनीहरुलाई रु एक करोड,दोस्रो समूहमा परेका १२ वटा पालिका परेका र उनीहरुलाई रु ७५ लाख र तेस्रो समूहमा परेका ५० वटा पालिकालाई रु ५० लाखका दरले राहत उपलब्ध गराउन सिफारिस गर्ने र राहत रकम खर्च गर्नका लागि सरल प्रक्रिया बनाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले निर्णय गरेको छ।
त्यस्तै बैठकले विपद् तथा खोज कार्यलाई प्रभावकारी बनाउन थप संख्यामा हेलिकोप्टरलगायत अन्य उपकरणको व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण राष्टिूय परिषद्लाई सिफारिस गर्ने,हालैको मनसुनका कारण मृत्यु भएका व्यक्तिको परिवारका एक जना व्यक्तिको बीमा गर्न पनि सिफारिस गर्ने र निजी क्षेत्रलाई पनि सहभागीता गराउने निर्णय गरेको छ भने पश्चिम नेपालमा गएको भूकम्प पछिको बाँकी रहेका पुनःनिर्माणका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ ।
भौतिक रुपमा बढी क्षति भएका प्रभावित २० जिल्लाका ७१ स्थानीय तहलाई विपद् जोखि न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४ को दफा ३२ को उपदफा १ बमोजिम असोज १८ देखि लागू हुनेगरी तीन महिना अवधिका लागि विपद् संगटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकका ११,रामेछापका आठ,सिन्धुपाल्चोक,धादिङ र रौतहटका पाँच/पाँच,ललिपतुर र सिन्धुलीका चार/चार, मकवानपुर, दोलखा,चितवन, ओखलढुंगा, पाँचथर,सोलुखुम्बु र खोटांङका तीन/तीन,महोत्तरी र सर्लाहीका दुई/दुई,सिरहा, सप्तरी र उदयपुरका एक/एक स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ गृह मन्त्रालयका अनुसार विपदमा परेर हालसम्म दुई सय ४६ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्।क्षतिको विवरण संकलन गर्न प्राधिकरणका सह सचिवको नेतृत्वमा बनेको समितिले आफ्नो काम तीव्र रूपमा अघि बढाइरहेको छ ।उक्त प्रस्ताव विपद् व्यवस्थापन राष्टिूय परिषद् बैठकमा लगिने साथै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको राष्ट्रिय परिषद्को बैठक शुक्रबार बस्ने मन्त्रालयले जनाएको छ ।