फतुवा विजयपुरका नगर प्रमुख यादवलाई ३ वर्ष कैद र १५ लाख जरिवाना

गणेश खड्का    प्रकाशित: २०८०-६-२४ गते   २५३ पटक हेरिएको

भ्रष्टाचार दोषी ठकर भएका रौतहटको फतुवा विजयपुरका नगर प्रमुख गोपाल राय यादव

रौतहटको फतुवा विजयपुरका नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचारी दोषी ठहर भएका छन् ।दोषी ठहर भएका फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख यादवलाई ३ वर्ष कैद र रु १५ लाख जरिवाना तोकिको विशेष अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि नगर प्रमुख यादव मात्र दोषी ठहर भएका थिए ।१८ जना जनप्रतिनिधिहरुका साथै ३ जना अन्य गरी २१ जना विरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । 
नगर प्रमुख यादव गत स्थानीय निर्वाचनमा पनि फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए भने  उनले लाल बकैया नदीको उत्खनन् सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप लागेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech