तत्कालका लागि अमानतमा रन्जितपुर र हीरापुर क्षेत्रबाट गिट्टी,बालुवा उठाउन दिने सहमती

269 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले खोला ठेक्का नलाग्दासम्म कालिन्जोर खोलाको रन्जितपुर क्षेत्र र लखन्देही खोलाको हीरापुर क्षेत्रबाट टयाक्टरमा गिट्टी,बालुवा उठाउन दिने सहमती गरेको छ ।नगरपालिकाले खोला ठेक्का नलगाउँदा आफुहरु मारमा परेको भन्दै लालबन्दीका टयाक्टर व्यावसायीहरुले नगरपालिका अगाडि शान्तीपुर्ण प्रदर्शन गरेपछि ध्यानाकर्षण भएको लालबन्दी नगरपालिकाले खोला ठेक्का नलाग्दासम्म कालिन्जोर खोलाको रन्जितपुर क्षेत्र र लखन्देही खोलाको हीरापुर क्षेत्रबाट टयाक्टरमा गिट्टी,बालुवा उठाउन दिने सहमती गरेको हो ।
खोला ठेक्का नलाग्दा ६ महिनादेखि आफूहरुको व्यवसाय सबै डामाडोल भएको भन्दै लालबन्दीका ट्याक्टर व्यवसायीहरुले आज(बिहीबार) ट्याक्टर नै लिएर नगरपालिका कार्यालयमा धर्ना दिन पुगेपछि लालबन्दीका टयाक्टर व्यावसायीहरुसंग छलफल गरि नगरपालिकाले तत्कालका लागि खोला ठेक्का नलाग्दासम्म कालिन्जोर खोलाको रन्जितपुर क्षेत्र र लखन्देही खोलाको हीरापुर क्षेत्रबाट टयाक्टरमा गिट्टी,बालुवा उठाउन दिने सहमती गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीका स्वकीय सचिव भानुभक्त बरालले जानकारी दए ।उनका अनुसार ट्याक्टर व्यवसायीहरुले असार,साउन र भदौ गरी तीन महिना खोला बन्द भएको र त्यसपछि पनि नगरपालिकाले खोला ठेक्का लगाउन नसक्दा व्यवसायी मारमा परेका भन्दै शान्तीपुर्ण प्रदर्शन गरेपछि भएको छलफलमा सो निष्कर्ष निस्केको हो ।
६ महिनादेखि ट्याक्टर,टिपरलगायत सबै साधन घरमा थन्काएर राख्नुपर्दा व्यवसायी बर्बाद हुनुका साथै चालक र सहचालकहरुको घरमा चुल्हो बल्न छा८ने अवस्था आएको ट्याक्टर व्यावसायी प्रमोद थपलियाले गुनासो गरे । उनका अनुसार खोला बन्द भइरहँदा ट्याक्टर तथा टिपर व्यवसायीहरु,निर्माण व्यावसायीहरु,सर्वसाधारणहरु,काम गर्ने ठेकेदार र हार्डवेयर व्यवसायीहरु सबै प्रभावित भएका छन् । लुकिछिपी केही ट्याक्टरले गिट्टी,बालुवा उठाइरहे पनि प्रहरीले कडाई गरेर कतिपय सवारीसाधनहरुलाई नियन्त्रणमा लिइ प्रति पटक रु पाँच हजार जरिवाना तिराएको अर्का ट्याक्टर व्यावसायी उद्धव कार्कीले बताए । 
यता,नगरपालिकामा शान्तीपुर्ण प्रदर्शन गर्न पुगेका ठयाक्टर व्यावसायीहरु र लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारी वीच छलफल गरी तत्कालका लागि साबेलले उठाएर रन्जितपुर र हीरापुर घाटबाट गिट्टी,बालुवा उठाउन दिने सहमती भएको हो ।नगर प्रमुख अधिकारीले मजदुरको रोजीरोटी नै ठप्प भएको गुनासो आएपछि १०÷१५ दिन ठेक्का नलाग्दासम्म साबेलले उठाएर कुनै प्रभाव नपर्ने गरी गिट्टी र बालुवा निकाल्न दिने निर्णय गरिएको बताए ।
छलफलमा नगर प्रमुख अधिकारी,उपप्रमुख कल्पनामाया पाख्रिन,नगरपालिकाका कर्मचारीहरु, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक हरिबोल के.सी., ट्याक्टर व्यवसायीलगायत बसेर तत्काल दुई ठाउँबाट उत्खनन गर्ने सहमती भएको नगरपालिकाले जनाएको छ ।गिट्टी, बालुवा लिन जाने ट्याक्टरसँग नगरपालिकाले तत्कालका लागि अमानतमा राजस्व सङ्कलन गर्ने भएको छ ।लालबन्दी नगरपालिकाले कालिन्जोर,फुलजोर र लखन्देहीलगायत कुनै पनि खोला ठेक्का लगाउन सकेको छैन् ।प्रदेश सरकार समक्ष पठाइएको वातावरण प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत भएर नआउँदा खोला ठेक्का लाग्न नसकेको नगरप्रमुख अधिकारीले बताए ।

सम्बन्धित समाचार