दुर्गा कुमारी अधिकारी
सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित रहेको नारायण नमुना माविका विद्यार्थीहरु विद्युत प्राधिकरणको अनियमित विद्युत कटौतीको विरोधमा उत्रिएका छन् । अनियमित विद्युत सेवा अवरुद्ध हुन थालेपछि आफ्नो पढाईमा प्रभाव परेको भन्दै नारायण नमुना माविका विद्यार्थीहरु विद्युत प्राधिकरणको विरुद्धमा उत्रिएका हुन ।


विद्युत प्राधिकरणको लापरवाहीका कारण अनियमित विद्युत कटौती हुँदा आफुहरु अध्याँरोमा पढ्न बाध्य भएको भन्दै ईश्वरपुर नगरपालिका ६ स्थित रहेको नारायण नमुना माविका विद्यार्थीहरु विद्युत प्राधिकरणको विरोद्धमा उत्रिएका छन् । विद्यार्थीहरुले टुकी वत्ति,प्लेकार्ड र व्यानर सहित शान्तिपूर्ण रुपमा र्याली निकालेर विद्युत प्राधिकरणा वितरण केन्द्र लालबन्दी र फ्युज शाखा बयलवासको ध्यानाकर्षण गराएको विद्यार्थी किरण चौधरीले बताईन् । गर्मी मौसममा पनि विद्युत अनियमित रुपमा कटौती हुँदा आफुहरु निकै मारमा परेको र यो समाधा समाधानका लागि आफुहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको उनले बताईन् ।

पछिल्लो समय सामान्य पानी पर्दा र हावाहुरी चल्दा पनि जिल्लामा अनियमित विद्युत कटौती हुने गरेको छ । जसको प्रभाव विद्यालय क्षेत्र,औद्योगिक क्षेत्रका साथै नागरिकहरुका दैनिकमा समेत निकै समस्या परेको नारायण नमुना माविका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रुस्मत मिकरानीले बताए । उनका अनुसार कुनै पनि बाहनामा अनियमित विद्युत कटौती हुन नहुने र त्यसका लागि सरोकारवाला निकायको ध्यान पुग्न जरुरी रहेको छ ।
अत्याधिक गर्मीको समयमा पनि पटक पटक विद्युत कटौती भएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरि रहेको समयमा घोषित वा अघोषित लोडसेडिङ नरहेको बरु हावाहूरी र वर्षाका कारण सुरक्षा अपनाउन लाईन काट्ने गरेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव कुमार साहले बताए । हावाहुरी,वर्षा तथा अन्य विभिन्न कारणले अवरुद्ध हुने गरेको विद्युत सेवालाई आफुहरुले सके सम्म चाँडै सुचारु गर्ने काम गरि रहेको र गरी रहने वितरण केन्द्र प्रमुख साहले बताए ।

अहिलेको समय अत्याधिक गर्मीको समय रहेको साथै विद्यार्थीहरुको पढाइ चलि रहँदा अनियमित रुपमा विद्युत कटौती हुँदा स्थानीय र विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् । उनिहरुले अघोषित लोडसेडिङ अन्त्य गर,विद्युत आपूर्ति नियमितता आजका विद्यार्थीहरुको आवश्यकता लगायतका नारा देखिएका प्लेकार्डहरु सहित पुगेका विद्यार्थीहरुले विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी र फ्युज शाखा बयलवासमा ज्ञापन पत्र बुझाएका हुन ।

पहिलो चरणमा भएको विरोधको कार्यक्रम अन्र्तगत इश्वरपुर नगरपालिका अनुरोध पत्र,विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी अन्र्तगतको बयलवास फ्युज सेवा कार्यालय र विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीमा ज्ञापन पत्र बुझाएका विद्यालयका प्रधानाध्यापक फणिराज बरालले जानकारी दिए ।