Close This

अन्तरपुस्ता संवाद कार्यक्रम ईश्वरपुरमा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१ गते   २३६३ पटक हेरिएको

सर्लाहीको ईश्वरपुरमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण नारी उत्थान संघले सेभ द चिडे«नको सहयोगमा लैंगिकताका आधारमा हुने हिंसा अन्त्य हुनुपर्छ भन्ने उद्देश्यसहित सञ्चालन गरिरहेको परियोजना अन्तर्गत बयलवासस्थित फूडस्पार्क रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । 
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक लगायतले विद्यालयको पठनपाठन, भौतिक संरचनाको अवस्था लगायतबारे जिज्ञासाराखेका  थिए ।
उक्त विषयमा नगर प्रमुख देवकोटा, वडा नं. ६ का वडाध्यक्ष रहमान अन्सारी, कार्यपालिका सदस्य रमादेवी अधिकारी, गोमादेवी न्यौपाने, योजना शाखाका प्रमुख तथा सुचना अधिकारी पुष्करमणि घिमिरे, शिक्षा शाखाका प्रमुख हरि दाहाल लगायतले जवाफ दिनुभएको थियो । 
विभिन्न सामाजिक कार्यमा निरन्तरलागि रहेको परियोजनाले अन्तरपुस्ताका समस्या समाधान लगायतका कार्यलाई प्राथमिकताका साथ सञ्चालन सुरु गरेको  परियोजनाकी अधिकृत सुजा दुलालले बताउनु भयो । यसअघि पनि दुईपटक अन्तपुस्ता सम्वाद कार्यक्रम गरि सकिएको उहाँको भनाई छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech