सैनिक सहकारीको अध्यक्षमा खत्री सहित ११ सदस्यीय सर्वसहमत

262 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको नेपाल राष्ट्रिय भूपू सैनिक कृषि सहकारी संस्था लि.को १० औँ वर्षिक साधारण सभाले काशीराज खत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ।हरिवन नगरपालिका ११ स्थित बालुवाटारमा भएको संस्थाको १० औँ वार्षिक साधारण सभाले खत्रीको अध्यक्षतामा रामबहादुर खड्का उपाअध्यक्ष,सूर्यजंग थापा सचिव,लालबहादुर मोक्तान सहसचिव र लीलबहादुर पूर्वछाने मगर कोषअध्यक्षमा सर्व सहमत चयन गरेको समितिका नवनिर्वाचित सचिव सूर्यजंग थापाले जानकारी दिए ।
उनका अनुसार नवगठित समितिको सदस्यमा राजकुमार स्याङ्बा,भीमबहादुर खड्का,लीला बहादुर कार्की,गजेन्द्र बहादुर कार्की,विष्णुमाया खड्का र मोहन शाही ठकुरी चयन भएका छन् ।
संस्थाका अध्यक्ष शंकर खड्काको अध्यक्षता तथा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनका प्रमुख एवम शसस्त्र प्रहरी नायव उपरिक्षक एकराज बुर्लाकोटी र कालिध्वज गणका सेनानी सुवास वाग्लेको विशिष्ट अाितथ्यतामा भएको १० औँ वर्षिक साधारण सभामा भूपु सैनिक संघ सर्लाहीका अध्यक्ष चन्द्र देव श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार