शुभ जनताबाट नक्कली परीक्षार्थी पक्राउ

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-११ गते   ३४३ पटक हेरिएको

सर्लाहीको बरहथवामा रहेको शुभ जनता बहुमुखी क्याम्पसबाट एकजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शुभ जनता बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको मानविकी संकायअन्तर्गत दोस्रो वर्षको परीक्षा दिई रहेको अवस्था एकजना नक्कली परीक्षार्थी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
चर्तुभुजेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रेमराज दाहालको नाममा शुभ जनता बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको मानविकी संकायअन्तर्गत दोस्रो वर्षको परीक्षा दिई रहेको अवस्था एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यता,नाम जोडिएका चर्तुभुजेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति दाहालले आफ्नो तयारी नपुगेका कारण आफु अनुपस्थित भएको र आफुले कसैलाई परीक्षा दिन नलगाएको बताएका छन् । आफ्नो नाम जोडेर कसैले बद्नाम गर्न खोजेको समेत उनले बताए । भने भने “मेरो तयारी पुगेको छैन् भनेर म परीक्षामा अनुपस्थित भएँ । 
मैले परीक्षामा अनुपस्थित हुन पाउने की नपाउने ? म परीक्षा दिन्न भन्न पाउने की नपाउने ?”साथै कसैले मेरो नाम जोडेर अरुको नाममा परीक्षा दिएका भएपनि वा आफुलाई आफ्नो नामबाट परीक्षा दिएको थाहै नदिई अरु कसैले त्यस प्रकारको गतिविधि गरेको भए सो समस्या कहाँबाट र कसरी सृजना भयो त्यसको समाधान कसरी गर्ने विषयमा पनि लाग्नु पर्ने बताए । उनले नक्कली परीक्षार्थी र मेरो नाम जोडिएर आएको सवालमा आवश्यक अनुसन्धान गर्न प्रहरीसंग सभापति दाहालले माग समेत गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech