प्रतिबन्धित लागू औषध कारोबारमा मिलेमतो गरेको अभियोगमा ललितपुरका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई बिहीबार नियन्त्रणमा लिएको हो । ब्यूरोका अनुसार उनलाई ललितपुर प्रहरी परिसरबाटै नियन्त्रणमा लिइएको हो । लागुऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग गरेको उनीमाथि आरोप छ । शाही महानगरीय प्रहरी वृत्त सातदाबाटोबाट केही दिनअघि मात्र ललितपुर प्रहरी परिसरमा तानिएका थिए । उनी महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत छन्।

इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हुँदा कार्यालय समयमा प्रहरीको आचरण विपरित कार्य गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो र पछि उनको सरुवा महानगरीय प्रहरी वृत्त सातदाबाटोमा भएको थियो ।dainikeenews.com