सर्लाहीको वरथवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा तास खेल्ने प्रहरीलाई कारबाही प्रक्रिया अघि बढीसकेको इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताउनु भयो । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि छानबिन अघि बढाइएको प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो ।
तास खेल्नेदेखि भिडियो खिच्नेसम्मलाई कारबाही प्रक्रिया अघि बढेको प्रहरी नायव उपरिक्षक भाटको भनाई छ । प्रहरीले बर्दी लगायर तास खेलेकोे भिडियो आफुलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायव उपरिक्षक भाटले कारवाहीको प्रक्रिया सुरु भैसकेको बताउनु भयो ।
“तास खेल्ने, हेर्ने, भिडियो बनाउने सबैलाई कार्बाही हुन्छ । कोही उम्कन पाउने छैन्न ।”प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो । अनुसन्धान गर्दा तास खेलेको तथा भिडियो खिचिएको समयमा आफु सर्लाहीमा नै नभएको बताउँदै प्रहरी नायव उपरिक्षक भाटले तास खेल्ने, हेर्ने मध्येका धेरै जसो प्रहरी कर्माचारीहरु पहिले नै सरुवा भएर गइसकेका र केही अहिले पनि आफ्नो कार्यालयमा रहेका बताउनु भयो । सबैलाई कार्यालयमा झिकाएर कारवाही गर्ने प्रक्रिया सुरु भइसकेको उहाँका भनाई छ ।