Close This

नेकपा (माओवादी केन्द्र) सर्लाहीद्वारा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले चालेको कदमको विरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-९ गते   ३२६ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) सर्लाहीले नेकपा(एमाले)का अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदमको विरोधमा नेकपा(माओवादी केन्द्र) सर्लाहीले जिल्लाका विभिन्न स्थानमा पुत्ला दहन गरेको नेकपा(माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
जिल्लाको लालबन्दी,इश्वरपुर,हरिवन, बागमती लगायत जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको कमदको विरोधमा पुत्ला दहन गरेको उहाँले बताउनुभयो ।  पुत्ला दहन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य लुमडी प्रसाद धिमाल (लोचन) नगर सचिव लेखराम जर्गा (अर्जुन ) वाईसीएल केन्द्रिय सदस्य शुक्र लामा लगाए नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
पुत्ला दहन पछि उनिहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले चालेको असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदमको विरोधमा नारावाजी समेत गरेका नेकपा(माओवादी केन्द्र) सर्लाहीका युवा नेता श्याम श्रेष्ठले बताउनु भयो  ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech