लालबन्दी ११ बाट काठ चाेरी गरि चिर्दै गरेकाे अवस्थामा एकजना पक्राउ

483 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ११ स्थित लालबन्दी साझेदारी वन व्यावस्थापन समुहकाे जंगल क्षेत्रबाट 31 क्वुविफिट भन्दा बढी सालकाे काठ सहित एकजनालाई वनकाे टाेलीले नियन्त्रणमा लिएको छ ।

लालबन्दी नगरपालिका ११ स्थित लालबन्दी साझेदारी वन व्यावस्तापन समुहकाे जंगल क्षेत्रमा काठ चाेरी तस्करी गरि चिर्दै गरेकाे विशेष सुचनाकाे आधारमा पुगेकाे सव डिभिजन वन कार्यालय लालबन्दीकाे टाेलीले लालबन्दी नगरपालिका ११ का नागेन्द्र श्रेष्ठ सहित सालकाे काठका गाेलिया र चिरान भएका फल्लि गरि ३१ दशमलव दुई क्वुविफिट काठ सहित काठ चिरानमा प्रयाेग गरिएको आराे,बन्चराे सहित अन्य घरेलु हँतिया सहित एकजनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका ११ स्थित लालबन्दी साझेदारी वन व्यावस्तापन समुहकाे जंगल क्षेत्रमा काठ चाेरी तस्करी गरि चिर्दै गरेकाे विशेष सुचनाकाे आधारमा पुगेकाे वनकाे टाेलीलाई देख्नासाथ अरु तीनजना भागेका भए पनि श्रेष्ठलाई वनकाे टाेलीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका श्रेष्ठ सहित बरामद् भएको माठ र काठ चिर्न प्रयाेग गरिएका साधनहरु सव डिभिजन वन कार्यालय लालबन्दीकाे नियन्त्रणमा रहेका छन् भने फरार भएका अरु तीनजना मानिसकाे पहिचान खुलाउने काम भई रहेकाे डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार