Close This

राजमार्गका ‘ज्यानमारा’ खाल्डा, सडक डिभिजन टुलटुले काममै व्यास्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२४ गते   ३२ पटक हेरिएको

सर्लाही र महोतरीको सिमाना बाँकेखोला देखि सर्लाही र रौतहटको सिमाना बागमती खोला सम्मको ३५ किलोमिटर क्षेत्रमा रहेका अधिकाश पुल र सडकहरु जिर्ण भएका छन् भने सडकको विच विचमा ठूल्ठूला खाल्डा परेका छन् । कतै ठूला खाल्डा परेका कारण उक्ता खाल्डाहरुमा सवारी दुर्घटना नहोस् भनेर ढुङ्गाले घेरेर राखिएको छ । 
लालबन्दी नगरपालिका १ र हरिवन नगरपालिका ४ को सिमानामा रहेको लखनदेही खोला,हरिवनमा रहेको चापिनी खोलामा रहेका पुलहरु अहिले जिर्ण बनेका छन् । भने लोकमार्गको विचचिमा ठुला खाल्डा परेका कारण  मालबाहक तथा यात्रु बाहक सवारी साधन सहज रुपमा चलाउन समस्या हुने गरेको गंगा बहादुर दर्जीले बताए ।
चाडपर्वको मुखमा सवारीसाधनको चाप बढेको र सवारी साधन सञ्चालनमा समस्या भएको साथै सवारी जाम हुने भएका कारण ट्राफिक प्रहरी पुल केन्द्रीत डिउटि गर्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यलय प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले बताउनु भयो ।
५३ किलो मिटर सडक मध्य केही भाग सडकको काम सकिएको र केही काम बाकि कुनै समस्या नआएमा फुलपाति सम्म सकाउने योजना रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरका कार्यालय प्रमुख नरेशप्रसाद केशरीले बताउनु भयो ।
सडकमा कतै पानी जमेर हिलाम्मे भएको  छ भने कतै खाल्डाखुल्डीका कारण धुलो धुँवा हुनुको साथै  टायर कट लाग्ने, पट्टा भाँचिने जस्ता समस्या बढेको र सवारीसाधन सञ्चालनमा सहजता नहुदा सवारी दुर्घटना समेत हुने गरेको यातायात व्यावसायीको भनाइ छ । भने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर विभिन्न बाहना देखाउदै टालटुले काम मात्र गर्नमा व्यास्त छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech