मधेश प्रदेश सभाको चौथो अधिवेशन आजबाट सुरु हुँने

264 Shares

मधेश प्रदेश सभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ।आज दिउँसो १ बजेको लागि डाकिएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाइने लगायतको कार्यसूची रहेको  प्रदेश सभाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने,मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली,२०७५ को नियम ११ बमोजिम बैठकको अध्यक्षता गर्ने सांसदको मनोनयन हुने लगायतका कार्यसूची रहेका छन् ।
त्यस्तै,बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास(पहाडी)ले मधेशमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने र अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा प्रदेश सभाका सदस्यहरुले शुभकामना मन्तव्य गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार