नेपाल तामाङ घेदुुङ हरिवन नगर समितिको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा तारा घलान सर्व सहमत चयन भएकी छन्।हरिवन नगरपालिका ११ स्थित ग्रामीण स्वयंसेवक समाज हरिवनको सभा हलमा सम्पन्न दोस्रो अधिवेशनले घलानको नेतृत्वमा १३ सदस्यीय नगर समिति सर्वसम्मतरुपमा चयन गरेको नेपाल तामाङ घेदुुङ हरिवन नगर समितिका निवर्तमान अध्यक्ष साङ बहादुर लो(राजु)ले जानकारी दिए ।
उनका अनुसार समितिको दुई जना उपाध्यक्षमा संजीव लामा र ज्योति ब्लोन,सचिवमा राज घिसिङ,कोषाध्यक्षमा सञ्चमाया घिसिङ र सहसचिवमा दोर्जे पाख्रिन सर्वसम्मत चयन भएका हुन।नगर समितिका निवर्तमान अध्यक्ष लोको अध्यक्षता तथा घेदुङका मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको दोस्रो नगर अधिवेशनमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल),उप प्रमुख हरिमाया घलान,नेकपा(एकिकृत समाजवादी) पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा,नेपाली कांग्रेस महाधिवेशन समिति सदस्य सोनी कुमारी बम्जन,नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की,एमाले सर्लाहीका नेता चुडामणि वाग्ले र स्थानीय समाजसेवी भरत कुमार कार्की लगायतको विशेष उपस्थिति रहेको थियो ।