सर्लाहीको ईश्वरपुर नगरपालिका भित्र रहेका कृषि समुहहरुलाई नगरपालिकाले अनुदानमा कृषि सिचाई मोटर वितरण गरेको छ ।
इश्वरपुर नगरपालिकाले शुक्रबार नगरभित्रका विभिन्न कृषि समूहलाई ५० प्रतिसत अनुदानमा सिँचाई मोटर वितरण गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार सामूहिक तरकारी खेती तथा अन्य कृषि पेशा गर्ने समूहलाई सिंचाईका लागि केही मात्रामा भएपनि सहुलियत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले कृषि सिचाई मोटर वितरण गरिएको हो ।
कृषि सिचार्य मोटर वितरण कार्यक्रममा नगर प्रमुख आचार्य,उप प्रमुख रन्जिता देवी चौधरी,विभिन्न वडाका वडाध्यक्ष लगायत भएर सिंचाई मोटर वितरण गरेका हुन् ।