हरिवन नगरपालिकाको कुन वडामा कुन पार्टी निर्वाचित ?

2k Shares

हरिवनको नगरपालिकाको नगर प्रमुखमा नेकपा(माओवादी केन्द्र)का रमेश बुढाथोकी (कमल) विजयी हुनु भएको छ ।त्यस्तै उप प्रमुखमा नेकपा (एमाले)की हरिमाया घलान विजयी हुनु भएको  छ । मतगणनाका क्रममा निकै प्रतिस्पर्धा देखिएको हरिवनको नगर प्रमुखमा बुढाथोकीले निवर्तमान नगर प्रमुख नेकपा (एमाले)का गणेश प्रसाद प्रसाईंलाई १ सय ५३ मतले पराजित गर्नु भयो । ७ हजार २ मतसहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८ सय ४९ मत पाउनु भयो । आफ्नो पार्टीका एकजना पनि वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादी केन्द्रका बुढाथोकी नगर प्रमुखमा विजयी हुनु भएको हो ।
त्यस्तै उप प्रमुखतर्फ एमालेकी घलान ६ हजार ८ सय ५५ मत सहित विजयी हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पद्मा मोक्तानले ५ हजार ३ सय २१ मत ल्याउनु भयो । यस्तै ११ वटा वडा रहेको हरिवनको वडा नम्बर १ मा नेपाली कांग्रेसका टम बहादुर तामाङ १ हजार १ सय ५ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन कुमार योन्जन ९ सय ४६ मत, वडा नम्बर ३ मा नेकपा एमालेका दीपमान लोप्चन ७ सय ६६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका केशव राज थापा ५ सय ६१ मत , वडा नम्बर ५ मा नेकपा (एकिकृत समाजवादी)का नागेन्द्र कुमार शाह ७ सय ३१ मत, वडा नम्बर ६ मा नेकपा (एकिकृत समाजवादी)का सन्तलाल घिसिङ ५ सय ४४ मत, वडा नम्बर ७ मा नेकपा एमालेका निरध्वज कार्की ३ सय ७९ मत, वडा नम्बर ८ मा नेकपा एमालेका प्रज्वल ढुंगाना ९ सय ४८ मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका कोकिला नन्द उप्रेती ९ सय ६५ मत, वडा नम्बर १० मा नेकपा एमालेका शम्भु प्रसाद मैनाली ६ सय ९० मत र वडा नम्बर ११ मा नेकपा एमालेका शेष महबुब रेजा १ हजार १ सय ३३ प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित हुनु भयो ।

सम्बन्धित समाचार