अन्तरिम सरकारका तीन मन्त्रीको टुंगो लाग्यो, सोमबार शपथ

380 Shares

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तारको तयारी गरेकी छन् । अर्थ मन्त्रालयमा रामेश्वर खनाल,गृह मन्त्रालयमा ओम प्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको नाम टुंगो लागेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।
पूर्व सचिव समेत रहेका कानुन व्यावसायी अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ।नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई ऊर्जा सहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।आईतबार छनोट गरीएका तीनै जनालाई सोमबार मन्त्रीको सपथ ग्रहण गराईने प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार