वि.पि.को १०१ औँ जन्मजयन्तिका अवसरमा विद्यालयलाई गमला प्रदान

431 Shares

पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको १०१ औँ जन्मजयन्तिका अवसरमा मंगलबार(आज)सर्लाहीको बागमतीको एक विद्यालयलाई गमला प्रदान गरिएको छ ।पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको १०१ औँ जन्मजयन्तिका अवसरमा मंगलबार(आज)नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल बागमती नगरपालिका ११ कार्य समितिले सोही वडाको पशुपति प्राथमिक विद्यालयलाई ५० थान गमला सहयोग गरेको हो।सोही अवसरमा विद्यालय परिसरमा कपुर,निलमोहर, गुलमोहर लगायत विभिन्न प्रजातीका १०१ जातका फूल रोपिएको नेपाल तरुण दल बागमती ११ ले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्की,बागमती नगरपालिका ११ स्थित रहेको पशुपति प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा, शिक्षक अभिभावक संघका अध्यक्ष कविराज खड्का,पशुपति सामुदायिक वनका अध्यक्ष बद्रीकुमार खड्का लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार