गोडैताका दुईवटा वडा बालविवाहमुक्त घोषणा

173 Shares

सर्लाहीको गोडैता नगरपालिकाका २ वटा वडालाई बिहीबार एकैसाथ बाल विवाहमुक्त वडा घोषणा गरिएको छ।गोडैता नगरपालिका १ बहादुरपुर र गोडैता नगरपालिका १२ मधुवनीलाई बिहीबार एकैसाथ बाल विवाहमुक्त वडा घोषणा गरिएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवले जानकारी दिए ।
उनका अनुसार गोडैता नगरपालिका १ बहादुरपुरलाई प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंहको र गोडैता नगरपालिका १२ मधुवनीलाई बालविवाहमुक्त घोषणा गरिएको हो।दुईवटै वडामा बालविवाह नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन भई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
बालविवाह हुन नदिने जनप्रतिनिधि,राजनीतिज्ञ,सामाजिक अगुवा,बाल क्लबका पदाधिकारी लगायतले प्रतिवद्धता जनाएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको गोडैता नगरपालिकाले जनाएको छ ।वडा कार्यालय र नगरपालिकाले विभिन्न गैर सरकारी संघ÷संस्थासँग समन्वय गरी विभिन्न मापदण्ड पूरा गरेर बालविवाहमुक्त वडा घोषणा गरेका हुन्।

सम्बन्धित समाचार