मेचि महाकाली बुहारी संयुक्त आवाज सर्लाहीको आयोजनाको “उद्घोषण तालिम सम्पन्न

1.2k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दीमा बैशाख ३० गतेबाट सुरु भएको “उद्घोषण (भाषणकला) तथा क्षमता विकास तालिम”सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको आर्थिक सहयोग र मेचि महाकाली बुहारी संयुक्त आवाज सर्लाहीको आयोजनामा बैशाख ३० गतेबाट सुरु भएको “उद्घोषण (भाषणकला) तथा क्षमता विकास तालिम” सम्पन्न भएको हो ।
बैशाख ३० गते लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले तालिमको उद्धघाटन गरेका थिए भने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जेठ ३ गते तालिमको समापन गरेका मेचि महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी सचिव अम्बिका बुढाथोकीले जानकारी दिईन् ।


उनका अनुसार राज्यले महिला पुरुष बराबरी भनि रहेको समयमा पनि पितृ सतात्मक समाजमा महिलाहरुलाई घरबाहिर निस्कन नदिने गरेका कारण आफ्ना समस्याहरु पनि सहज रुपमा राख्न नसक्ने अवस्थाको अन्त्य गर्नका लागि पाँच दिने तालिम दिइएको हो ।
लालबन्दी नगर भित्रका महिलाहरुको उल्लेख्य सहभागीतामा भएको पाँच दिने तालिमबाट महिलाहरुले आफ्ना समस्या सहजै रुपमा राख्न सक्ने भएका मेचि महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी सानु पाख्रिङले बताईन् । “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन”भनेझैँ अहिलेको २१ औँ सताब्दीमा पनि महिलाहरु बोल्न तथा आफ्ना समस्याहरु सहज रुपमा समाजमा राख्न नसकेका कारण धेरै कुराबाट पछाडि परेका छन् । जसलाई थोरै भएपनि मल्हम लगाउन र आफ्ना समस्या समाजमा राख्नु पर्छ भनने ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको मेचि महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी पाख्रिङले बताईन् ।
लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यावस्थापन समितिको सभा हलमा पाँच दिन समम चलेको तालिममा आफुहरुले धेरै कुरा सिकेको तालिममा सहभागी महिलाहरुले बताएका छन् ।

सम्बन्धित समाचार