सर्लाहीकी प्रिसाको भारतको ओडिसाको केआइआइटीमा शंकास्पद मृत्यु

1.4k Shares

सर्लाहीको कविलासी नगरपालिका–८ कविलासी चोक निवासी श्याम प्रसाद साहकी २० वर्षीया छोरी प्रिसा साहको भारतको ओडिसा स्थित रहेको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा बिहीबार बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।कलेज प्रशासनले बिहीबार राति करिब ९ बजे प्रिसाको मृत्यु भएको जानकारी गराएपछि उनका बुवा श्यामप्रसाद साह,आमा पिङ्की साह र भाई गौरव कुमार साह शुक्रबार बिहान ओडिसातर्फ हिँडेको पीडित परिवारले जनाएको छ ।

4.jpg
पीडित परिवारका अनुसार ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेण्ड सेमेस्टरमा अध्ययनरत प्रिसासंग बिहीबार दिउँसो करिब ३ बजे परिवारका सदस्यले टेलिफोनमा कुराकानी गरेका थिए ।दिउँसो फोनमा कुरा गर्दा प्रिसाले आफू ठीक रहेको बताए पनि राति एक्कासी मृत्युको खबर आएपछि साह परिवार शोकमा डुबेको छ।“दिउँसोसम्म फोनमा बोल्दा राम्रो छ भन्थिन् तर राति त एक्कासी मृत्युको खबर आयो,ठीकठाक छु भनेको मान्छे के गरी यस्तो घटना भयो हामी पनि अच्चमित भएका छौँ।”पीडित परिवारले जनाएका छन् ।

3.jpg
प्रिसाले परीक्षा सकेर दुुई सातापछि अर्थात् मे १८ तारिखमा आफू घर आउने भनी परिवारसँग बताइकी थिईन्।यसअघि गएको फागुनमा सोही कलेजमा पढ्ने विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनापछि प्रिसा घर आएकी थिईन्।कलेजले नै फोन गरेर बोलाएपछि प्रिसा दुई हप्ता घरमा बसेर अन्य साथीसँगै पुनःओडिसा फर्किएकी थिईन्।कलेजले नै टिकटको व्यवस्था गरेर प्रिसासहितका विद्यार्थीहरुलाई फिर्ता बोलाएको थियो ।

2.jpg
प्रिसाको परिवारमा बुवा,आमा र भाई मात्रै रहेका छन्।प्रिसाको मृत्युपछि उनीहरु तीनै जना शुक्रबार बिहान घरमा ताला लगाएर शव बुझ्न ओडिसातर्फ लागेका छन्।उनीहरु यहाँदेखि पटनासम्म स्थलमार्ग र त्यहाँदेखि ओडिसासम्म हवाई मार्गमार्फत जाने बुुझिएको छ । कविलासी नगरपालिका ८ का वडाध्यक्ष वीरेन्द्र प्रसाद साहले प्रिसाको मृत्युको खबर पछि गाउँ शोकमग्न बनेको ताए ।
प्रिसाको मृत्युबारे आफूहरुले सञ्चार माध्यममा आएका समाचारबाट जानकारी पाएको वडाध्यक्ष साहले बताए ।बिहानै म भेट्न आउँदा प्रिसाको परिवार भारतका लागि हिँडिसकेका रहेछ,”वडाध्यक्ष साहले बताए ।“बारम्बार त्यो कलेजमा किन उही खालको घटना भइरहेको छ,यसमा छानविन गर्नु आवश्यक छ।”ओडिसा टाढा पर्ने भएकाले त्यहाँदेखि शव ल्याउन झन्झट हुने भएकाले सम्भवत् प्रिसाको शव उतै दाहसंस्कार हुन सक्ने आफन्तजनले बताएका छन् ।  

सम्बन्धित समाचार