Close This

भारतिय बाणिज्य दुतावासको सहयोगमा निर्माण भएको विद्यालय हस्तान्तरण नहुदै जिर्ण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-३० गते   १७३ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका १ मा रहेको जनता माविको भवन निर्माण सम्पन्न भएको लामो समयसम्म पनि हस्तान्तरण हुन सकेको छैन । भारतिय बाणिज्य महा दुतावासको सहयोगमा निर्माण भएको विद्यालयको भवन जर्ण भइसक्दा समेत हस्तान्तरण नभएको हो ।
ठेकेदार कम्पनी र विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्षको लार्पबाहीका कारण निर्माण सम्पन्न भएको करिब १४ वर्ष भइ सक्दा समेत विद्यालयको भवन हस्तान्तरण नहुँदा पठ्न पाठनमा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक विनोद पौडेलले गुनासो गर्नु भयो । 
भारतिय बाणिज्य महा दुतावासको रु १ करोड ६० लाखको सहयोगमा २ तले पक्की भवन निर्माण भएको  करिब १४ वर्ष वितिसक्दा पनि  हस्तान्तरण नहुँदा विद्यालयको छतबाट पानी रसाउन सुरु भइ सकेको  विद्यालयका प्रधानाध्यापक पौडेलले बताउनु भयो । विद्यालयको आन्तरीक आयस्रोत नरहेको र हस्तान्तरण गर्न विद्यालयको भवनमा रंग रोगन गर्नु पर्ने भएका कारण आफुहरुले नगरपालिकासंग केही सहयोग रकम माग गरेको उहाँको भनाई छ ।  नगरपालिकाले केही रकम सहयोग गरेमा आफुहरुले विद्यालय भवनमा रंग रोगन गरेर भवन हस्तान्तरण गर्ने प्रधानाध्यापक पौडेलले बताउनु भयो ।
यता ठेकेदार कम्पनी सम्पर्कमा नरहेका कारण पनि आफुहरुलाई समस्या सृजना भएको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष पञ्चलाल स्यांवोले बताउनु भयो । उहाँका अनुसार भारतिय बाणिज्य महा दुतावासले रु १ करोड ६० लाख सहयोग गरेको र त्यो रकम पेटी ठेकेदारहरुले बाँडेर विद्यालयको भौतिक संरचना निर्माण गरेका हुन । अहिले उनिहरु समेत सम्पर्कमा छैनन् । भारतिय बाणिज्य महा दुतावास विरगन्जले ताकेता गरि रहेको विद्यालयले जनाएको छ ।
विद्यालयको भवन निर्माण सम्पन्न भएपछि हस्तान्तरण नहुँदा अहिले निर्ण अवस्थामा पुगि सकेको छ । नगरपालिकाले केही आर्थिक सहयोग गरेमा सो भवनमा रंग रोगन गरेर हस्तान्तरण गर्ने काम गरिने प्रधानाध्यापक पौडेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech