सर्लाही सदरमुकाम मलंगवामा बुधबार ६९ औँ प्रहरी दिवस मनाइएको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको आयोजनामा ६९ औँ प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा ६९ औँ प्रहरी दिवस मनाइएको हो ।
कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत,दिवगंत प्रहरी कर्माचारीका परिवारलाई सम्मान,मातहतका प्रहरी कार्यालयहरुलाई जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान र अमर प्रहरीको शालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीकी प्रहरी निरिक्षक मचामसीका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरीप्रवक्ता एवम प्रहरी नायब उपरीक्षक श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।
“साईवर सुरक्षा आजको आवश्यकता”भन्ने मुल नारा सहित मनाइएको ६९ औँ प्रहरी दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथिएवम प्रमुख जिल्ला अधिकारी अधिकारीले सर्लाही प्रहरीले समुदायमा पुर्याएको सेवाप्रती आफू सन्तुष्ट रहेको बताए। उनले प्रहरी,राज्य र नागरिक बिचको मुख्य सम्पर्क शुत्र भएको हुँदा निर्भीकतापुर्वक आफ्नो जिम्मेवारी पूरा गर्न, व्यवसायिक क्षमता प्रदर्शन गर्न र सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिन अनुरोध गर्दै सर्लाही प्रहरीले सामान्य घर झैझगडा लगायत जिल्लाभर भए गरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै सर्लाही प्रहरी अपराध अनुसन्धान साथै हरेक कार्यक्षेत्रमा अब्बल रहेको समेत स्मरण गराए ।
सोही कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा प्रहरीका सकारात्मक कार्य साथै प्रहरी समुदायसँग साझेदारी गर्दै अगाडि बढ्नुपर्ने कुराको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंह,प्रहरी नायव उपरिक्षक श्रेष्ठ,प्रहरी निरिक्षक मचामसी,प्रहरी निरिक्षक रजोश घिमिरे र नागरिक समाजका अगुवाहरुले चर्चा गरेका थिए भने विभिन्न समयमा सर्लाही प्रहरीलाई काम कारबाहीमा र अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा निस्वार्थ सहयोग गरि सामुदायिक स्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनलाई उल्लेखनीय सहयोग पुर्याउने सर्वसाधारणहरु प्रति सर्लाही प्रहरीले भाषिक सम्मान गरेको थियो ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीकी प्रहरी निरिक्षक सरिता मचामसीले सञ्चालन गरेको कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले प्रहरी दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए सर्लाही सदरमुकाम मलंगवामा बुधबार ६९ औँ प्रहरी दिवस मनाइएको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको आयोजनामा ६९ औँ प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा ६९ औँ प्रहरी दिवस मनाइएको हो ।
कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत,दिवगंत प्रहरी कर्माचारीका परिवारलाई सम्मान,मातहतका प्रहरी कार्यालयहरुलाई जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान र अमर प्रहरीको शालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीकी प्रहरी निरिक्षक मचामसीका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरीप्रवक्ता एवम प्रहरी नायब उपरीक्षक श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।
“साईवर सुरक्षा आजको आवश्यकता”भन्ने मुल नारा सहित मनाइएको ६९ औँ प्रहरी दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथिएवम प्रमुख जिल्ला अधिकारी अधिकारीले सर्लाही प्रहरीले समुदायमा पुर्याएको सेवाप्रती आफू सन्तुष्ट रहेको बताए। उनले प्रहरी,राज्य र नागरिक बिचको मुख्य सम्पर्क शुत्र भएको हुँदा निर्भीकतापुर्वक आफ्नो जिम्मेवारी पूरा गर्न, व्यवसायिक क्षमता प्रदर्शन गर्न र सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिन अनुरोध गर्दै सर्लाही प्रहरीले सामान्य घर झैझगडा लगायत जिल्लाभर भए गरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै सर्लाही प्रहरी अपराध अनुसन्धान साथै हरेक कार्यक्षेत्रमा अब्बल रहेको समेत स्मरण गराए ।
सोही कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा प्रहरीका सकारात्मक कार्य साथै प्रहरी समुदायसँग साझेदारी गर्दै अगाडि बढ्नुपर्ने कुराको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंह,प्रहरी नायव उपरिक्षक श्रेष्ठ,प्रहरी निरिक्षक मचामसी,प्रहरी निरिक्षक रजोश घिमिरे र नागरिक समाजका अगुवाहरुले चर्चा गरेका थिए भने विभिन्न समयमा सर्लाही प्रहरीलाई काम कारबाहीमा र अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा निस्वार्थ सहयोग गरि सामुदायिक स्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनलाई उल्लेखनीय सहयोग पुर्याउने सर्वसाधारणहरु प्रति सर्लाही प्रहरीले भाषिक सम्मान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीकी प्रहरी निरिक्षक सरिता मचामसीले सञ्चालन गरेको कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले प्रहरी दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।