Close This

मयुरको तीन पोका पँखेटा बरामत

रासस    प्रकाशित: २०७६-१०-६ गते   २९९ पटक हेरिएको

सर्लाहीको ब्रहम्पुरीकाट प्रहरीले बेवारिसे अवस्थामा मयुरको पँखेटा बरामद गरेको छ ।

ब्रहम्पुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएको तीन पोका मयुरको पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी चौकी पर्साको प्रहरी टोलीले गस्ती गर्ने क्रममा आईतबार साँझ बेवारिसे अवस्थामा तीन पोका मयुरको पँखेटा बरामद गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय सर्लाहीसँग समन्वय गरी आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजेपनि सिमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बरामद गरिएको मयुरको पँखेटाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech