Close This

लालबन्दी खानेपानीको छैँठो साधारण सभा उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१८ गते   ५३८ पटक हेरिएको

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको छैठौं वार्षिक साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । संस्थाकी कार्यवहाक अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा छैठौँ साधारण सभाको उद्घाटन  गरिएको हो ।


यही साधारण सभाबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएपनि शनिबार उद्घाटन सत्रमा ५१ प्रतिशत उपभोक्ताको उपस्थिति नभएकाले नयाँ नेतृत्व चयन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
खानेपानी संस्थाको विधान अनुसार नयाँ नेतृत्व चयनका लागि कूल उपभोक्ता सदस्यमध्ये पहिलो चरणमा ५१ प्रतिशत, दोस्रो चरणमा एक तिहाई, तेस्रो चरणमा एक चौँथाई र अन्तिममा उपस्थिति मध्येबाटै नयाँ नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ । अब क्रमैसँग यि प्रक्रियाहरु पूरा गरेर नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ ।
लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नगरपालिकाको वडा नं. ३ देखि १३ सम्मका गरी ११ वटा  वडाहरुमा खानेपानी वितरण गर्दै आइरहेको छ । ७ हजार ५ सय बढी उपभोक्ताहरुले खानेपानीको सेवा लिईरहेका छन् ।
 कुल रु ७० करोड ९७ लाख ५३  हजार ९ सय ९३ रुपैँया २ पैसामा २०७३ साल साउन ६ गतेबाट खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको निर्माणको काम सुरु भएको र यसले लालबन्दी नगरपालिका ३ देखि १३ सम्मका ११ वटा वडाहरुमा आफ्नो सेवा विस्तार गरेको संस्थाका सुचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो । उहाँका अनुसार कुल लागत अनुमानको ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानिय उपभोक्ताहरुबाट संकलन गरेर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीका काम गरिएको हो ।
२०७७ साल चैत्रमा कार्य समितिको कार्यअवधि सकिएको र करिब १ वर्ष काम चलाउ  समितिले संस्था सञ्चालन गरि रहेकोथियो । काम चलाउ समितिले संस्था सञ्चालन गर्दा संस्थागत कामहरु धेरै हुन नसकेका भएपनि उपभोक्ताको हितमा धेरै  काम भएका कार्यवाहक अध्यक्ष हान्ता भण्डारीले बताउनु भयो ।
संस्थाकै केन्द्रीय कार्यालय लालबन्दी नगरपालिका ६ स्थित लेकाली चौरमा आयोजित छैँठौँ साधारण सभा उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पना माया पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech