जिल्लाको बागमती नगरपालिकाको गौरवको आयोजना फनपार्कको निर्माण ठेक्का सम्झौता भएको छ । गौरी पार्वती सुनकोसी धुलिखेल जेभी र बागमती नगरपालिकाबीच ठेक्का सम्झौता भएको हो । रु १७ करोडमा ठेक्का सकारेको निर्माण कम्पनीले योजनाको ९० प्रतिशत काम सम्पन्न गर्ने नगर प्रमुख भरतकुमार थापाले बताउनु भयो । उहाँका अनुसार फनपार्क आर्थिक वर्ष २०७७÷०७८ मा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो।
पूर्व–पश्चिम लोकमार्गबाट २ किलोमिटर उत्तर बागमती नगरपालिका– ११ स्थित बुद्ध शान्ति तपोवन नजिक निर्माण हुन लागेको पार्कको क्षेत्रफल ६७ रोपनी रहेको नगरपालिकाका इन्जिनियर सागर पौडेलले बताउनुभयो।
ठेक्का सकारेको निर्माण कम्पनीले सम्झौता लगत्तै निर्माण आरम्भ हुने जनाएको छ । फनपार्क निर्माण हुने भएपछि स्थानीय तथा नगरवासी उत्साहित भएका छन् । भने आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा नगरको अर्थाेपार्जनका लागि महत्वपुर्ण आयोजना रहेको नगरपालिकाले जनाएको छ । फनपार्कको पर्खाल निर्माण लगायतका केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताउनु भयो ।
चुरे शृंखला, पवित्र तीर्थस्थल नुनथर र बागमती नदी किनारको काखमा रहेको यो फनपार्क पर्यटकीय हिसाबले प्रदेश २ कै नमुना हुने नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो। देश संघिय संरचनामा गएपछि जनप्रतिनिधिहरु निर्वाचीत नगरप्रमुख थापाले नगरको महत्वाकांक्षी योजनाको रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सार्नु भएको हो।
निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायतका कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको नगर प्रमुख थापाले बताउनु भयो । नगरबासीलाई रोजगारी दिने,आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने,नगरको अर्थाेपार्जन र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने उहाँकोे दाबी छ । स्थानीय संस्कार–संस्कृति र रहनसहन समेत पार्कको आकर्षणको केन्द्र बन्ने थापाले बताउनु भयो ।
पार्कमा सुविधा सम्पन्न अतिथि गृह, स्विमिङ पुल, पिकनिक स्पट, बालबालिकाहरूका लागि खेल्ने सामग्रीसहितको पार्क, होटल र पसल निर्माण गरिने साथै पार्कसँगै रहेको बागमती नदीमा पर्यटकहरूका लागि बोटिङको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । सुरुमा फनपार्कको लागत २५ करोड रुपैयाँ अनुमान गरिएको भए पनि ९० प्रतिशत कामका लागि १७ करोड रुपैयाँमा ठेक्का लागेको हो । पार्कको तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड)ले २०७५ बैशाख १३ मा शिलान्यास गर्नुभएको थियो ।