Close This

माेटरसाईकल चाेरीकाे आराेपमा ३ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१७ गते   १५५८ पटक हेरिएको

सर्लाहीको लालबन्दीबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ का २९ बर्षिय सुर्यदिप, सोही वडा बस्ने १९ बर्षिय रुपेश माझी मुसहर र लालबन्दी नगरपालिका १५ बस्ने  २९ बर्षिय सोम बहादुरलाई मोटरसाइकलसहित पक्राउ परेका  ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार उनिहरुले गत माघ ७ गते राती लालबन्दी नगरपालिका ५ का ज्ञान बहादुर क्षेत्रीको घरमै पार्किङ गरि राखेको प्र.२-०३-००१ प १०१९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दी ल्याई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले  बताउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech